शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नाफ्ताली यसरी बने इजरायलको प्रधानमन्त्री, भन्छन्- देश एकताबद्ध गर्छौं

नाफ्ताली यसरी बने इजरायलको प्रधानमन्त्री, भन्छन्- देश एकताबद्ध गर्छौं

इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटले देशलाई एकताबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

तेल अविब (इजरायल)- इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटले देशलाई एकताबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै उनले दुई वर्ष लामो इजरायली राजनीतिक गतिरोध अन्त्य गर्ने राष्ट्रलाई एकतबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

triton college

'मेरो सरकारले जनताका पक्षमा काम गर्नेछ,' उनले भने, 'राष्ट्रिय एकताका पक्षमा काम गर्नेछ।' यसका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गरी जनमुखी सेवा प्रवाह गर्न झन्झटिला प्रक्रिया न्यूनीकरण गर्नेसमेत उनले उल्लेख गरे। 

प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले यो कसैले दुख मान्नुपर्ने समय नभएको बताएका थिए। 'यो कसैले दुख मान्नुपर्ने दिन होइन,' उनले भनेका थिए, 'प्रजातान्त्रिक शासन व्यवस्थामा सरकार परिवर्तन हुनु स्वभाविक हो। भएको यति मात्रै हो।'

उनले आफ्नो सरकारसँग कोही त्रसित हुनुपर्ने अवस्था नरेको समेत उल्लेख गरेका थिए। 'हामी सामर्थ्यले भ्याएसम्म सबै गर्छौँ। यसबाट कोही त्रसित हुन जरुरी छैन। 'हाम्रो जित भयो भनेर आजको रात खुशीयाली मनाउने पक्षमा भएकाहरूलाई पनि भन्न चाहन्छु- अरुको दुखमा ननाच्नुहोला, हामी कसैका शत्रु होइनौँ, हामी सबै एक (एकताबद्ध) जनता हौँ।'

दक्षिणपन्थी राष्ट्रवादी छवि बनाएको यामिना पार्टीका नाफ्तालीले आइतबार इजरायली संसदमा भएको मतदानमा ६० मत प्राप्त गरेसँगै प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। संसदमा नाफ्तालीका पक्षमा मतदान भएपछि निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहू बेनेट भएको स्थानसम्म पुगेर बधाई दिएका थिए। निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग मात्रै १ मतको झिनो अन्तर गर्दै नाफ्ताली प्रधानमन्त्री बनेका हुन्। 

corrent noodles
Metro Mart

नेतान्याहूलाई सत्ताबाट बाहिर निकाल्न तत्कालीन विपक्षी नेताहरूले गठबन्धन बनाएका थिए। गठबन्धनका नेताहरू आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ। सन् २०२३ सम्म नाफ्ताली प्रधानमन्त्री बन्नेछन् भने त्यसपछि मध्यमार्गी विचारधारा राख्ने येस अतिद पार्टीका याइर लापिदलाई सत्ताको बागडोर हस्तान्तरण गर्नुपर्नेछ। 

नाफ्तालीको उदयसँगै १२ लामो समय लगातार शासन गरेका नेतान्याहू सत्ताबाट बाहिरिएका छन्। आइतबार संसदमा मन्तव्य राख्दै उनले आफू तत्कालका लागि पराजित भएपनि आफूहरूको पुनरागमन हुने बताएका थिए। 'हामी फेरि आउनेछौँ,' नेतान्याहूको भनाइको सार थियो। 

प्यालेस्टाइनका प्रतिनिधिहरूले भने इजरायलमा सरकार परिवर्तनसँग आफूहरूको खासै चासो नभएको प्रतिक्रिया दिएका छन्। 'यो इजरायलको आन्तरिक मामिला हो। हामी सन् १९६७ कै सीमा र राजधानी जेरुसेलम भएको प्यालेस्टाइन चाहन्छौँ भन्नेमा हामी सँधै प्रष्ट छौँ, ' प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बासका प्रवक्ताले भने। 

यता गाजापट्टी क्षेत्रमा नियन्त्रण जमाएको हमास ग्रुपले भने इजरायली सरकार परिवर्तनलाई कब्जा र औपनिवेशिकताकै निरन्तरता मात्र भएको प्रतिक्रिया दिएको छ। 'यो कब्जा जमाउने र औपनिवेशकता कायम राखिराख्ने गतिविधि मात्रै हो। हाम्रा अधिकार फिर्ता ल्याउन हामी शसक्त प्रतिकार गर्छौँ,' इस्लामिक ग्रुप हमासले भनेको छ। 

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले भने नाफ्ताली प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन्। बाइडेनले नाफ्ताली कार्यकालमा दुईपक्षीय सम्बन्ध थप प्रगाढ बन्ने अपेक्षा गरेको बताएका थिए। 

यसरी बने नाफ्ताली प्रधानमन्त्री

नेतान्याहूले पाँच कार्यकाल प्रधानमन्त्री चलाएका नेता हुन्। सन् १९९६ देखि १९९९ सम्म उनले पहिलो कार्यकाल चलाएका थिए। सन् २००९ मा प्रधानमन्त्री बनेका नेतान्याहू लगातार ४ कार्यकाल प्रधानमन्त्री बन्न सफल भए। 

सन् २०१९ अप्रिल र सन् २०१९ सेप्टेम्बरमा निर्वाचन भयो। यी दुवै चुनावबाट आएका सांसदले पनि नयाँ सरकार बनाउन सकेनन्। यसपछि सन् २०२० मा भएको निर्वाचनमा नेतान्याहूले तत्कालीन विपक्षी दलका नेता बेन्नी गान्जसँग मिलेर सरकार बनाएका थिए। तर यो गठबन्धन पनि टुट्यो। 

सन् २०२१ को मार्चमा पुनः निर्वाचन सम्पन्न भयो। यो निर्वाचनमा नेतान्याहूको लिकुद पार्टी सबैभन्दा ठूलो दल त भयो तर उसलाई सरकार बनाउन आवश्यक सिट संख्या पुगेन। यसपछि येस अतिद पार्टीका याइर लापिदकोलाई बहुमत पुर्‍याएर सरकार बनाउने जिम्मा आइपर्‍यो। 

नेतान्याहूको प्रतिपक्षमा रहेका दलहरूबीच यामिना पार्टीसहितले गठबन्धन बनाए। यो गठबन्धनको एक मात्र उद्देश्य जसरी भएपनि नेतान्याहूलाई सत्ताबाट हटाउनु मात्र थियो। त्यसैले १२० सिट भएको इजरायली संसद्‍मा याइर लापिदको दलले १७ सिट ल्याएर दोस्रो बनेको भएपनि ७ सिट ल्याएर पाँचौँ स्थानमा पुगेको यामिना पार्टीका बेनेट प्रधानमन्त्री बनेका हुन्। 

यो गठबन्धनमा ८ घटक (पार्टी) छन्। गठबन्धनमा रामजस्तो इस्लामिक पार्टी पनि अटाएको छ भने समलिंगी विवाहलाई मान्यता दिनुपर्ने उदारवादीहरू पनि अटाएका छन्। यसले कतिपय मुद्दाहरूमा आठै घटकका फरकफरक विचारधारा हुन सक्ने भएकाले नाफ्तालीलाई सरकार चलाउन सहज भने नहुने देखिएको छ।

प्रकाशित: Jun 14, 2021| 03:59 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।