शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस सांसद वैद्यविरुद्ध प्रहरीमा जाहेरी दर्ता

शुक्रबार सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्न सक्ने अभिव्यक्ति दिएका थिए। सांसद वैद्यले शनिबार प्रदेशसभामै माफी मागिसकेका छन्। 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- बागमती प्रदेशका नेपाली कांग्रेसका सांसद् नरोत्तम वैद्यविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। आइतबार एमाले कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सांसद् वैद्यविरुद्ध जाहेरी दर्ता गराएका हुन्। 

triton college

वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दुरुत्साहन गरेको भन्दै जाहरी आएको र उक्त जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। 

शुक्रबार सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्न सक्ने अभिव्यक्ति दिएका थिए। सांसद वैद्यले शनिबार प्रदेशसभामै माफी मागिसकेका छन्। 

संविधान धारा १८७ मा प्रदेश सभामा व्यक्त गरिएका धारणाबारे उजुरी गर्न वा मुद्दा दर्ता गर्न नपाइने व्यवस्था छ। 'यस संविधानको अधीनमा रही प्रदेश सभामा पूर्ण वाक् स्वतन्त्रता रहनेछ र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन,' संविधानको धारा १८७ को उपधारा १ मा उल्लेख छ। 
 

प्रकाशित: Jun 13, 2021| 13:58 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।