शनिबार, वैशाख १५, २०८१

यी हुन्, एरिक्सनको जीवन बचाउन सहयोग गर्ने 'नायक'

'खेलमा क्रिस्टियन एरिक्सनको टिम डेनमार्क हार्‍यो। तर, एरिक्सनको जीवनले जित्यो,' डेनिस अखबारहरूले भनेका छन्। युरो कप अन्तर्गतको शनिबार कोपनहेगन भएको खेलमा दुःखद् घटनापछि अन्ततः सबैलाई राहत मिल्यो। 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

'खेलमा क्रिस्टियन एरिक्सनको टिम डेनमार्क हार्‍यो। तर, एरिक्सनको जीवनले जित्यो,' डेनिस अखबारहरूले भनेका छन्। युरो कप अन्तर्गतको शनिबार कोपनहेगन भएको खेलमा दुःखद् घटनापछि अन्ततः सबैलाई राहत मिल्यो। 

triton college

सन्दर्भ हो, युरो कप २०२० अन्तर्गत फिनल्यान्डविरुद्ध डेनमार्कको खेलको। गोलरहित बराबरीमा चलिरहेको खेलको पहिलो हाफ सकिन केही मिनेट मात्रै बाँकी थियो। क्रिस्टियन एरिक्सन खेलिरहेका थिए। तर, उनी एकाएक ढल्न पुगे। 

मैदानमै केही समय उनको उपचार चल्यो। यसपछि उनी अस्पताल भर्ना भए। उनको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको यूइएफए र डेनमार्क एफएले जानकारी दिएको छ। 

उक्त दुखद् घटनाको सुखद् पक्ष भनेको एरिक्सन आसपासका व्यक्तिको तीव्र गतिको काम थियो। सायद, त्यही तीव्र गतिको कामले इन्टरमिलानका मिडफिल्डर एरिक्सनको ज्यान बचाउन सहयोग गरेको हुन सक्छ। एरिसक्नको ज्यान बचाउन खेलाडी, चिकित्सक र सम्बन्धित अधिकारीले कसरी सहयोग गरे? यहाँ त्यसबारे चर्चा गरिएको छ। 

साइमन काजर र डेनमार्कका खेलाडी
कोपनहेगनको पार्केन स्टेडियममा थ्रो–इन प्राप्त गर्ने प्रयास गरिरहेका एरिक्सन एकाएक ढल्दा भयावह अवस्था सुरु भयो। डेनमार्कका कप्तान साइमन काजर उनी लडेको स्थान पुग्ने पहिलो खेलाडी थिए। उनले एरिक्सनको श्वासप्रश्वास जाँच गरेका थिए।

corrent noodles
Metro Mart

घटनाको गम्भीरता प्रष्ट थियो, दुवै टिमका खेलाडीले चिकित्सकहरूलाई चाँडो गर्न आग्रह गरे। उनीहरूको तदारुकताकै कारण एरिक्सनलाई 'पुनर्जीवन प्राप्त गर्न' सहज भयो। एरिक्सनको टिमका साथीले एक सुरक्षात्मक घेरा बनाए। जसले मैदानमा उपस्थित १५ हजार २ सय समर्थक र टेलिभिजनमा खेल हेरिरहेका दर्शकका सामु गोपनीयता कायम गर्न सहयोग गर्‍यो।

धेरै खेलाडीहरूले लडेका एरिक्सनतर्फभन्दा पनि फरक दिशामा हेरिरहेका थिए। उनीहरुका आँखाबाट आँशु बगिरहेको देख्न सकिन्थ्यो।

Denmark players form a ring around Christian Eriksen

खेलाडीहरू एरिक्सनको जीवनरक्षाका लागि प्रार्थना गरिरहेका थिए। द टाइम्सका प्रमुख फुटबल लेखक हेनरी विन्टरले बीबीसी रेडियो फाइभ लाइभमा भनेका छन्, ‘यदि तपाईंले डेनिस पक्षलाई बुझ्नुहुन्छ भने उनीहरू केवल टिमका साथी मात्रै होइनन्। त्यहाँ साइमन काजर र केस्पर शमीचेल जस्ता मानिस पनि छन्। उनीहरू साथी हुन् र उनीहरुले आवश्यक परेका बेला एरिक्सनका लागि महत्वपूर्ण भूमिका निभाए।’ 

२९ वर्षीय एरिक्सनलाई अन्ततः स्ट्रेचरमा राखेर मैदानबाट निकालियो र अस्पताल लगियो। अन्त्यमा खबर आयो, 'एरिक्सन होसमा आए। खेल पुनः सुरु भयो। फिनल्यान्ड १–० ले विजयी भयो। 

मेडिकल स्टाफ भन्छन्- हामीले जे गर्नुपर्ने थियो, त्यो गर्‍यौं
स्पोर्टस् कार्डियोलोजिस्ट प्राध्यापक सञ्जय शर्माले (उनी फुटबल एसोसिएसनका विशेषज्ञ कार्डियोलोजी कन्सेन्सस प्यानलका अध्यक्ष हुन्) बीबीसीसँग भनेका छन्, ‘जुन चिजले उनको ज्यान बचायो। त्यो तुरुन्तै गरिएको चिकित्सकीय सहायता थियो।’

डेनमार्क टिमका डाक्टर मार्टिन बोसेनले खेलपछि पत्रकार सम्मेलनमा ब्रिफिङ गरेका थिए। त्यसले घटनाका बारेमा धेरै कुरा बाहिर आए। ‘उनी बेहोस थिए,’ उनले भने, ‘जब म उनको नजिक गएँ, उनले सास फेरिरहेका थिए। तर, उनको अवस्था एकाएक परिवर्तन भयो। हामीले सीपीआर दिन सुरु गर्‍यौं।’

मेडिकल टिमले पनि उनको उपचारमा कुनै कसर बाँकी नराखेको उनको भनाइ छ। ‘मेडिकल टिम र बाँकी कर्मचारीले उनको उपचार र सहायतमा कुनै कसर बाँकी राखेनन्। र हामीले त्यही गर्‍यौं, जुन हामीले गर्नुपर्ने थियो। हाम्रो त्यही प्रयासले एरिक्सनलाई होसमा ल्याउन सफल भयौं। अस्पताल जानुपूर्व उनले मसँग कुरा गरेका थिए।’

फेब्रिस मुम्बाले समेत सन् २०१२ मा खेल मैदानमा 'कार्डियक अरेस्ट'को सामना गर्नु परेको थियो। मुम्बाले स्वास्थ्यलाभको काम गरे। तर, उनले पुनः कहिल्यै खेलेनन्। उनले बीबीसी स्पोर्टसँग भनेका भनेका छन्, ‘त्यो पल निकै डरलाग्दो थियो। तर, मेडिकल स्टाफले मलाई बचाए। उनीहरूले एरिक्सनको केसमा समेत अद्भूत काम गरेका छन्। उनका टिमका साथीहरु समेत उनको रक्षाका लागि एकजुट देखिए। मलाई विश्वास छ, उनी ठिक हुनेछन्।’

खेलाडीले पूरा गरे खेल
डेनिस खेलाडीहरुलाई दुई विकल्प दिइएको थियो। पहिलो विकल्प थियो शनिबार नै खेल पूरा गर्ने। दोस्रो विकल्प थियो–आइतबार दिउँसो खेल्ने। एरिक्सन ठिक भएको खबर प्राप्त गरेपछि खेलाडीहरूले शनिबार नै खेल पूरा गर्ने निर्णय लिए।

एरिक्सन ढलेको दुई घण्टा पछि खेल पुनः सुरु भयो। पहिलो हाफको अन्तिम पाँच मिनेट र दोस्रो हाफ खेलियो।

1623527180.finland.jpg

डेनमार्कका मुख्य प्रशिक्षक क्यास्पर हजुलमन्डले भने, ‘खेलाडीले आज नसुत्ने, भोलि बसमा जाने र खेल्ने कल्पना गरेका थिएनन्। बाहिर जान सहज थियो र खेल पूरा गर्नु थप राम्रो हुने देखियो। यो एक कठिन रात थियो। यसले जीवनमा सबैभन्दा महत्वपूर्ण चिज के हो भन्ने सँधै सम्झाउने छ।’ 

उनले थपेका छन्, ‘तपाईंले याो अवस्थामा खेल खेल्न सक्नुहुन्न। हामीले जित्ने कोसिस गरेका थियौं। तर हाम्रा लागि दोस्रो हाफ खेल्ने कोसिस र सफल हुनु नै अविश्वसनीय थियो। हाम्रा खेलाडी भावानात्मकरुपमा पुरै थकित थिए। हामी सबैले एरिक्सन र उनको परिवारका लागि प्राथना गरिरहेका थियौं। उनी हाम्रा सर्वश्रेष्ठ खेलाडी मध्ये एक हुन्। सँगै उनी एक असल मानिस हुन्। 

यस्तो अवस्था डेनमार्कका लागि दर्दनाक अनुभव भएको उनको भनाइ थियो। ‘यस्तो अवस्थामा केही खेलाडी खेल्न सक्षम थिएनन्, कोही तयार थिए। हामीले राम्रो खेल्ने प्रयास गर्‍यौं। यो समान्य खेल थिएन। जब तपाईंका कोही मित्र मुटुको बिरामीबाट पीडित छन् भने उत्कृष्ट खेल खेल्ने कल्पना गर्न सकिँदैन,’ उनले भनेका छन्। 

जब खेल पुनः सुरु भयो, तब शमीचेलले अस्वभाविक गल्ती गरे र डेनमार्कले गोल खान पुग्यो। सँगै पियरे एमिल होजर्बले पेनाल्टीमा गोल गर्ने अवसर खेर फाले। एरिक्सन डेनमार्कका पेनाल्टी टेकर थिए। 

समर्थकको भूमिका पनि उस्तै 
मैदानमा उपस्थित समर्थकले समेत धर्यता देखाए। उनीहरुले एरिक्सनको अवस्था समाचार थाहा पाउन प्रतीक्षा गरिरहेका थिए। खेल पुनः हुने वा नहुने टुंगो थिएन। तर, समर्थकले मैदान छोडेनन्।

Fans at the stadium shouted Christian Eriksen's name after the incident [Jonathan Nackstrand/Reuters]

फिनल्यान्डका समर्थकले एकातर्फबाट ‘क्रिस्टियन’ भनिरहँदा अर्का तर्फ डेनिस समर्थकले ‘एरिक्सन’ भन्दै हुटिङ गरिरहेका थिए। खेल पुनः सुरु हुन लाग्दा खेलाडी मैदान प्रवेश गर्दा सबै समर्थकले उठेर सम्मान देखाएका थिए। बीबीसी रेडियो फाइभ लाइभमा स्कटल्यान्डका पूर्व विंगर पेट नेविनले भनेका छन्, ‘अधिकांश समर्थक मैदानमै बसे। यस्तो लागिरहेको थियो, उनीहरू केही समाचार सुन्न चाहन्थे। जब ताजा अपडेट जारी गरियो, तब उनीहरुले खुसी र राहतका आँशु खसालेका थिए।’

र, रेफ्रीको निर्णय क्षमता 
इंग्लिस रेफ्री एन्थोनी टेलरको निर्णय क्षमताले समेत महत्वपूर्ण भूमिका निभायो। उनले एरिक्सन लड्ने बित्तिकै तुरुन्त खेल बन्द गरे। मेडिकल अधिकारीहरूलाई मैदानमा प्रवेश गर्ने संकेत दिए।

त्यसपछि उनले खेलाडीहरूलाई टनेलभित्र ल्याए। किनकि खेल केही समयका लागि स्थगित हुने स्पष्ट भइसकेको थियो।- बीबीसी

प्रकाशित: Jun 13, 2021| 10:11 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।