शुक्रबार, वैशाख १४, २०८१

विश्वभरका फुटबलप्रेमीको ध्यान एरिक्सनमा, उनी खतरामुक्त

खेलको ४२ औं मिनेटमा मैदानको टचलाइन छेउमा एक्लै हिँडिरहेका थिए क्रिस्टियन एरिक्सन। उनी आफूमा सन्तुलन गुमाउँदै त्यही बेहोस भए। त्यसपछि उनका टिममेटले उनलाई घेरिहाले।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं– खेलको ४२ औं मिनेटमा मैदानको टचलाइन छेउमा एक्लै हिँडिरहेका थिए क्रिस्टियन एरिक्सन। उनी आफूमा सन्तुलन गुमाउँदै त्यही बेहोस भए। त्यसपछि उनका टिममेटले उनलाई घेरिहाले। साथै उनीहरुले मेडिकल टिम बोलाउन आग्रह गरेपछि तुरुन्त मेडिकले मैदान प्रवेश गर्यो।

triton college

यससँगै युरोकपको तेस्रो खेल सुखद् बनेन। डेनमार्कको कोपनहेगनस्थित पार्केन रंगशालामा प्रतिस्पर्धा गर्दै थिए घरेलु डिम डेनमार्क र पाहुना टिम फिनल्यान्ड। युरो कप २०२० को प्रतिस्पर्धामा दुवै टिमका लागि संघर्षपूर्ण खेल चलिरहेकै थियो। खेल गोलरहित बराबरीमा थियो।

तर ४२ औं मिनेटपछिको घटनाले सबैलाई स्तब्ध बनायो। त्यसपछि धेरै खेलाडी र प्यारापिटमा उपस्थित समर्थकले आँशु थाम्न सकेनन्। 

सबैको ध्यान त्यही टचलाइनमा थियो। समर्थकहरु आपसमा अंगालो मारेर रोहिहेका देखिन्थे। यससँगै प्रतियोगिताको यो खेल पनि रोकिएको म्यान कमिसनरले घोषणा गरे। खेलाडीको घेराले छेलिएका एरिक्सनलाई मेडिकल टिमले साइडलाइन छेउमै चेस्ट कम्प्रेसन दिएको देखिएको थियो।

डेनमार्कका खेलाडी एरिक्सन राष्ट्रिय टिमका भरपर्दा खेलाडी हुन्। व्यावसायिक फुटबलमा उनी पछिल्लो सिजन मात्र प्रिमियर क्लब टोटेनहम हट्सपरबाट इटालियन क्लब इन्टर मिलान गएका थिए।

corrent noodles
Metro Mart

इन्टर मिलान गएकै सिजन इन्टर उपाधि विजेता युभेन्टसभन्दा एक अंक पर्यो। तर गएको सिजनमा भने इन्टर मिलानलाई उपाधि दिलाउन उनले ठूलो योगदान गरे।

विश्वप्रसिद्ध खेलाडी एरिक्सन मैदानमा एक्कासि ढलेपछि उनको स्वास्थ्यबारे विश्वका फुटबल समर्थकको चासो बढेको थियो। सामाजिक सञ्जालमा उनलाई लाखौं मानिसले ‘प्रे फर एरिक्सन,’ ‘एरिक्सन’को नाममा प्रार्थना गरेका छन्।

उनको मेडिकल टिमको सहयोगमा उनी केही समयपछि होसमा आउन सफल भए। त्यसपछि युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले उनको अवस्था ठिक रहेको जानकारी गराएको छ।

त्यसपछि उसले एक सूचना जारी गर्दै लेखेको छ, ‘एरिक्सनको मेडिकल इमरजेन्सीका कारण दुवै टिम र म्याच अफिसियलको बैठक बसेको छ। यसबारे सेन्टर युरोप समयको ७ः४५ सम्ममा निर्णय हुनेछ।’

यूईएफएले एरिक्सनलाई अस्पताल लगिएको र उनी ठिक रहेको जानकारी दिएको छ। त्यस्तै, डेनमार्कको आधिकारीक फुटबल निकायले पनि एक सूचना जारी गर्दै उनी ठिक रहेको पुष्टि गरेको छ।

‘उनी होसमा आइसकेका छन्। उनको बाँकी टेस्टका लागि अस्पतालमा लगिएको छ,’ डेनमार्कको फुटबल संघका तर्फबाट सूचना जारी गरिएको छ।

एरिक्सनले सिनियर टिमको फुटबल डच क्लब आयाक्सबाट सुरु गरेका थिए। उनले २०१० मा त्यहाँको घरेलु लिगमा डेब्यू गरेको दुई वर्षमै प्रिमियर लिग खेल्न इंग्ल्यान्ड पुगेका थिए। इंग्ल्यान्डको टोटेनहम हट्स्परबाट उनले लगातार सात वर्ष खेले।

टोटेनहमबाट २२६ खेल खलेका उनले ५१ गोल गरेका थिए। यता इन्टर मिलनमा पनि उनले राम्रो उपस्थिति बनाएका छन्।

२९ वर्षे एरिक्सनले राष्ट्रिय टिमबाट १०० भन्दा धेरै क्याप जितिसकेका छन्। २०१० मा राष्ट्रिय टिमबाट डेब्यू गरेयता उनी रअष्ट्रिय टिमका अधिकांश खेलमा उपस्थित छन्। उनी २०१० को फिफा विश्वकपमा सबैभन्दा कम उमेरका खेलाडीसमेत थिए।

उनले आफ्नो देशको टिमबाट पछिल्लो विश्वकपमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए। उनको उत्कृष्ट प्रदर्शनमा डेनमार्क अन्तिम १६ सम्म पुगेको थियो। जहाँ उसलाई क्रोएसियाले हरायो।

उनी पाँच पटक डेनिस फुटबल वर्ष खेलाडी बनेका छन्। अट्याकिङ मिडफिल्डमा स्वतन्त्र रुपमा खेल्न रुचाउने एरिक्सन फुटबलको प्राविधिक ज्ञानले भरिपूर्ण र प्रतिभावान खेलाडी मानिन्छन्। उनी कहिलेकाहिँ सेन्ट्रल मिफिल्डमा र कतिपय खेलमा त विंगरमा पनि देखिएका छन्।

उनलाई मिडियामा ‘क्लालिसक नम्बर टेन’ खेलाडीको नाम दिइए पनि उनको रोल मिडफिल्डमा उत्कृष्ट देखिन्छ। उनले आफ्नो खेल कौशले विश्वकको ध्यन त खिचेकै थिए।

आफ्नो देशका फुटबल समर्थकको मन पनि जितेका थिए। तर शनिबार रातिको खेलमा उनी मैदानमै लडेपछि कोपनहेगनका समर्थक मौन बनेका थिए। खेलमा रमाइरहेको र आक्रोशले भरिएको रंगशाला एकाएक शान्त बनेको थियो।

सबैले हात जोडेर एरिक्सनका लागि प्रार्थना गरिरहेका देखिन्थे। पछि उनीहरुले एरिक्सनको प्रार्थनाका लागि गीत गाए।
यता विश्वप्रसिद्ध खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि उनका लागि प्रार्थना गरेका छन्। रोनाल्डो लेख्छन्, ‘हाम्रो प्रार्थना क्रिस्टियन एरिक्सन र उनको परिवारप्रति समर्पित छ। अहिले विश्व फुटबल उनको राम्रो समाचारको पखाईमा छ। अनि म मैदानमा तिम्रो पर्खाइमा रहनेछु।’

अस्पतालको केही समयको बसाइपछि उनका एजेन्ट मार्टिन स्चुटले भनेका छन्, ‘क्रिस्टियन एरिक्सन ठिक तरिकाले श्वासप्रश्वास गरिरहेका छन्। उनी बोल्न सकने पनि भएका छन्। जागेका छन्।’

उनले थपे,‘उनी खतराबाट मुक्त छन्। उनको पिताले मलाई अस्पतालबाट जानकारी दिएका हुन्।’
 

प्रकाशित: Jun 12, 2021| 18:32 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।