शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ का सांसदको चेतावनी, ‘बच्चालाई कोरोना लागे मन्त्रीलाई लखेटी-लखेटी कुट्ने हो’

प्रदेश २ का सांसदको चेतावनी, ‘बच्चालाई कोरोना लागे मन्त्रीलाई लखेटी-लखेटी कुट्ने हो’

प्रदेश २ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा प्रदेशसभा सदस्यहरु प्रदेश सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

जनकपुरधाम- प्रदेश २ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा प्रदेशसभा सदस्यहरु प्रदेश सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्।

triton college

शनिबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रम, बजेट कार्यान्वयनसहित कोभिडको समयमा प्रदेश सरकारले गरेको बेवास्ताको कडा आलोचना गरेका छन्।
प्रदेशसभा सदस्य किशोरी साह कमलले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको १० प्रतिशत मात्रै काम पनि पूरा गरेर देखायो भने आफूले राजनीति नै छोड्ने चुनौती दिएका छन्।

प्रदेशसभा बैठकमा बोल्दै साहले सरकारले नीति तथा कार्यक्रम ल्याए पनि त्यसमाथि कार्यान्वयन नहुने गरेको आरोप लगाउँदै यस्तो चुनौती दिएका हुन्।

उनले भने, ‘प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम एकदमै राम्रो हो, यसका लागि धन्यवाद दिनैपर्छ, बधाई त दिन सकिँदैन किनभने कामै भएको छैन। यसको दश प्रतिशत पनि काम गरेर देखाइदियो भने म राजनीति नै परित्याग गरिदिन्छु।’

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम गफ दिने खालको मात्रै रहेको टिप्पणी गरे। अर्का प्रदेशसभा सदस्य दिलीपकुमार साहले सरकारी अस्पतालका चिकित्सकमाथि ‘लगाम लगाउन’ प्रदेश सरकारसँग माग गरेका छन्।

corrent noodles
Metro Mart

उनले कतिपय चिकित्सक जागिर सरकारीमा खाए पनि ड्युटी भने निजीमा गरिरहेको भन्दै कडाइ गर्न माग गरेका हुन्।
‘स्वास्थ्यको क्षेत्रमा नयाँपन देखाऊ। सरकारी डाक्टरहरु निजी क्लिनिकमा बिरामी तानिरहेका छन्। यति मात्रै होइन, नोकरी सरकारी अस्पतालमा र ड्युटी पनि निजी क्लिनिकमा गरिररहेका छन्’, उनले भने, ‘यसलाई नियमन गर्ने योजना नीति तथा कार्यक्रममै समेटौँ। सरकारी अस्पतालका चिकित्सकले निजी क्लिनिक चलाउन नपाउने प्रावधान राख्नुपर्छ।’

सरकारी अस्पतालको बेथितिबारे उल्लेख गर्दै उनले कडा अनुगमन गर्नुपर्ने बताए। सरकारी अस्पतालमा सेवाग्राहीले औषधि नपाएको गुनासो बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए। सरकारी अस्पतालका कर्मचारीले औषधि हुँदाहुँदै पनि सेवाग्राहीलाई दिन नमानेको उनको भनाइ छ।

प्रदेशसभा सदस्य उपेन्द्र महतोले सरकारको यही रवैया रह्यो भने प्रदेश २ का मन्त्रीहरुलाई जनताले अब लखेट्ने चेतावनी दिए। कोरोनाको पहिलो र दोस्रो लहरमा युवा तथा वृद्धको मृत्यु भए पनि तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने भएकोले त्यसको तयारी नगरे जनता झण्डाबाला गाडीलाई लखेट्ने महतोले बताए।

उनले अबको ६ महिना अथवा ८ महिनामा कोरोनाको तेस्रो लहर आउने निश्चित रहे पनि त्यसको तयारी नरहेको उनले भने। उनले भने, ‘कोरोनाको पहिलो र दोस्रो लहर आयो यसमा युवा र वृद्धको मृत्यु भयो। अब तेस्रो लहर पनि आउने निश्चित हो। अब आउने समयमा बालबालिका बढी मर्ने हो। यसको लागि तपाइँ कति संवेदनशील हुनुहुन्छ ?’ उनले अगाडि भने, ‘अहिलेसम्म त तपाइँहरुलाई कसैले केही भनेनन् तर हाम्रो बच्चाको समय आयो भने झण्डावाला गाडीलाई लखेटीलखेटी कुट्ने हो।’

सांसद महतोले तेस्रो लहर आउने निश्चित रहेकोले त्यसको अहिले तयारी नगर्ने र आइसकेपछि भ्रष्टाचार  गर्नकै लागि पर्खने भनी प्रश्न गरे। नियत साफ भए अहिले नै कोरोनाको तयारी गर्न प्रदेश सरकारसँग माग गरे।

नेपालभन्दा पहिला नै भारतमा प्रकोप आउने भएकोले त्यसको पूर्वतयारीमा जुट्नु अहिलेको आवश्यकता रहेको बताए। उनले भने, ‘नेपालमा प्रकोप आउनुभन्दा केही दिन पहिला नै भारतमा आउँछ। भारतमा अक्सिजनको अभाव भएको समय हामीले किन त्यसको तयारी गरेनौ ? आइसकेपछि मात्र अक्सिजनको खोजी भएको उनले बताए।

प्रदेशसभा सदस्य मञ्जु यादवले प्रदेश २ को मन्त्रीमण्डलमा महिलाहरुको न्यून सहभागिता रहेकोमा आक्रोश पोखिन्। उनले हरेक भाषणमा महिला सहभागिताको भाषण ठोक्ने सरकार नै महिलाप्रति अनुदार देखिएको आरोप लगाइन्। 

प्रकाशित: Jun 12, 2021| 14:40 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।