शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसमा कोइराला क्याम्पको फेरि सक्रियता, सशांकको घरमा अलग्गै जमघट

कांग्रेसमा कोइराला क्याम्पको फेरि सक्रियता, सशांकको घरमा अलग्गै जमघट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कांग्रेसमा संस्थापन पक्ष अलोकप्रिय हुँदै गएपछि कोइराला परिवारको सक्रियता विस्तारै बढेको छ। कोइराला परिवारका तीन हस्तीहरु कांग्रेस महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरु शेखर कोइराला र सुजाता कोइरालाले भेटघाटलाई बाक्लो बनाएका छन्।

शनिबार मात्र महामन्‍त्री सशांकको टोखास्थित घरमा शनिबार कांग्रेसी नेताहरुको जमघट भएको छ । त्यस जमघटमा केन्द्रीय सदस्य डा शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, दीपक गिरी, गुरुराज घिमिरे, सरिता प्रसार्इंलगायत नेता उपस्थित थिए । महामन्त्री कोइराला निकट स्रोतले उक्त भेटलार्इ पारिवारिक बताएको छ । तर, त्यसक्रममा राजनीतिक कुराकानी भएको थियो । 

कांग्रेसभित्रको राजनीतिक अवस्था, संसदमा कांग्रेसको भूमिका, पछिल्ला दिनमा सरकारका लोकतन्त्रविरोधी क्रियाकलापलगायत विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । यसपटकको भेटमा कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला कारणवश उपस्थित थिइनन् । तर उनी यो अभियानमामा सहभागी छिन्। 

गत वर्ष साउनयता कोइराला परिवारका नेताहरूबीच भएको यो चौथो जमघट हो । गत वर्ष साउन, भदौ र माघमा शशांक, शेखर र सुजाता कोइरालाले यस्तै भेटघाट गरिसकेका छन्, जसलार्इ कांग्रेसजनले आगामी महाधिवेशनमा कांग्रेसमा कोइराला परिवारको नेतृत्व स्थापित गर्ने प्रयत्नका रूपमा अर्थ्याउँदै आएका छन् । पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलासमेत कोइराला क्याम्पसँग नजिक छन्।  देउवासँग असन्तुष्ट पौडेल, प्रकाशमान सिंह र सिटौलालगायतलाई गोलबद्ध गरेर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने रणनीतिमा कोइराला क्याम्प सक्रिय देखिएको छ। 
नेपाल ट्रेड युनियन कांग्रेसको चुनावमा पनि संस्थापन पक्षले नराम्रोसँग हार बेहोर्नुपरेको छ। यसअघि कर्मचारी, इन्जियनियर, शिक्षकसँग सम्बद्ध संस्थाको नेतृत्व छान्‍ने चुनावमा पनि देउवा पक्ष पराजित भएको थियो । देउवा पक्ष कमजोर हुँदै गएको अवस्थामा बढ्दै गएको कोइराला क्याम्पको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।