शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि व्यवसायमा रमाउँदै गलकोटका थापा वन्धु, महिनाकै लाख कारोबार

कृषि व्यवसायमा रमाउँदै गलकोटका थापा वन्धु, महिनाकै लाख कारोबार

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर वैदेशिक रोजगारको लागि कतार गए। कतारमा १५ वर्ष बसेर नेपाल फर्किएपछि आफ्नै गाउँठाउँमा व्यावसाय गर्ने सोच बनाए।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

गलकोट- बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर वैदेशिक रोजगारको लागि कतार गए । कतारमा १५ वर्ष बसेर नेपाल फर्किएपछि आफ्नै गाउँठाउँमा व्यावसाय गर्ने सोच बनाए ।

triton college

दाजुको सोचलाई सहयोग गर्न भाइ मीन थापा तयार भए । मीन पनि त्यतिन्जेल शिक्षण पेशामै रमाइरहेका थिए । उनी रेश नुन्थला माविमा अध्यापन गराउँदै व्यवसायलाई पनि अघि बढाउने दाइको उद्देश्यमा साथ दिन तयार भए ।

दश वर्षअघि २०६८ सालमा दुई भाइ मिलेर फर्निचर उद्योग सञ्चालन गरे । फर्निचर उद्योगबाट सुरु भएको व्यावसायलाई दाजुभाइले विस्तार गरिरहेका छन् । हाल थापा वन्धु बाख्रा पालनसँगै लोकल कुखुरा, बङ्गुर र बँदेलपालनलाई अघि बढाइरहेका छन् भने व्यावसायिक तरकारी खेतीमा पनि संलग्न रहेका छन् । उनीहरुको कुटानी–पिसानी मिलसमेत छ ।

'सुरुमा हामी दुवै शिक्षक थियौं । दाइ विदेश जानुभयो । मैले शिक्षण पेसा गर्दै आए । उहाँ गाउँ फर्केर आएपछि आफ्नै व्यवसाय गरौं भन्नुभो र सुरु गरियो । दाइले दिनभर व्यवसायलाई समय दिनुहुन्छ । म बिहान–बेलुका समय दिन्छु,' भाइ मीनले भने, 'बँदेलका र बङ्गुरका पाठापाठी बिक्रीलाई बढी जोड दिएका छौं । बाख्रा र कुखुरामा भर्खर लगानी गरेका हौं ।'

अहिले तीनवटा माउ बँदेल र ४० वटा बङ्गुर छन् । अहिले ३० वटा बङ्गुरबाट पाठापाठी बिक्रीका लागि तयारी अवस्थामा छ । बङ्गुरका पाठापाठी मात्रै बेचेर वार्षिक तीनदेखि चार लाख आम्दानी हुने गरेको गिरीले बताए ।

corrent noodles
Metro Mart

'फर्निचर उद्योगबाट निस्केका काठ सदुपयोग गर्न बङ्गुरको खोर निर्माण गरेका थियौँ तर अहिले बँदेल र बङ्गुर व्यावसायिक रूपमा पालेका छौं; उनले भने, 'विदेशमा भन्दा स्वदेशमा राम्रो कमाइ हुँदो रहेछ । अहिले थोरै भए पनि वार्षिक १०/१२ लाखको कारोबार हुँदै आएको छ ।'

दुई भाइले पीपलडाँडा ताजा तरकारी तथा पशुपालन फार्म दर्ता गरेर कुखुरा, बाख्रा र तरकारीसमेत उत्पादन गर्दै आएका छन् । अहिले दर्जनभन्दा बढी बाख्रा मासुका लागि बागलुङका बजारमा बिक्री हुने गरेको छ । फार्ममा आठ बाख्रा, सय लोकल कुखुरा छन् भने दुई रोपनी बारीमा सिमी फलेको छ ।

मौसमी तरकारी मात्रै उत्पादन गर्दै आएका दाजुभाइले बेमौसमी तरकारी उत्पादनलाई समेत जोड दिने योजना बनाएका छन् । उत्पादन गर्न सके खसी, बोका, बँदेल, बङ्गुर, कुखुरा र फर्निचरका सामग्रीको बजारीकरणको कुनै समस्या नभएको उनीहरुको भनाइ छ ।

कुटानी–पिसानी, बाख्रापालन तथा कुखुरापालनमा परिवारका अन्य सदस्यहरुले समेत सहयोग गर्दै आएको दाजुभाइको भनाइ छ । त्यसबाहेक फर्निचरमा दुईजना युवाले रोजगारीसमेत पाएका छन् ।

बङ्गुरको मासुको रु ४०० प्रतिकेजी र पाठापाठीलाई रु पाँच हजारमा बिक्री गर्दै आएका उहाँहरुले २०७२ सालमा पोखराबाट बँदेल प्रजातिको बङ्गुर लिएर पाल्दै आएका छन् ।

बङ्गुरको भन्दा बँदेलको मासु स्वादिष्ट भएकाले राम्रै मूल्यमा बिक्री हुने गरेको गरेको गिरीको भनाइ छ । बँदेलको मासु प्रतिकेजी रु ६०० मा बिक्री गर्दै आएको र पाठापाठीलाई रु छ हजारमा बिक्री हुँदै आएको छ ।

दुई भाइले गाउँमै व्यावसायिक फर्निचर उद्योग, पशुपालन तथा तरकारी उत्पादनमा लाग्नु उदाहरणीय कार्य भएको काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताउँछन् ।


प्रकाशित: Aug 04, 2021| 10:01 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्