शुक्रबार, वैशाख १४, २०८१

सुरु भयो युरोकपको सिजन, जान्नुहोस् केही तथ्य

यूईएफएले आयोजना गर्ने युरोपको महादेशीय फुटबल प्रतियोगिता युरोकप २०२० जुन ११ तारिख शुक्रबारबाट सुरु हुँदैछ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं– यूईएफएले आयोजना गर्ने युरोपको महादेशीय फुटबल प्रतियोगिता युरोकप २०२० जुन ११ तारिख शुक्रबारबाट सुरु हुँदैछ।

triton college

इटालीको स्टेडियो ओलम्पिको रंगशालामा घरेलु टिम र टर्कीको खेलसँगै सुरु हुने युरोकप पहिलो पटक युरोपका विभिन्न ११ सहरमा हुँदैछन्। प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका विभिन्न ११ सहरमा प्रतियोगिता आयोजना गरिएको छ।

त्यसो त युईएफएले सुरुमा १२ ठाउँमा महादेशीय कप आयोजना गर्ने निर्णय गरेको थियो। तर डुब्लिन र बाल्बियोलाई हटाएर सेभिल्ली सहरलाई थप गरेपछि प्रतियोगिता ११ ठाउँमा आयोजना हुने निश्चित भयो।

युरो कपमा युरोपका विभिन्न २४ देशको सहभागिता रहने छ। यी सबै टिमलाई ४–४ टिमको ६ समूहमा विभाजन गरिएको छ। यो वर्ष युरोकपको रमाइलो पक्ष भनेकै विभिन्न ११ सहरमा प्रतियोगिता हुनु हो। तर आयोजक मध्येकै रोमानिया र अजरबैजान भने प्रतियोगितामा छनोट हुन सकेनन्।

यद्यपि रोमानियाले आफ्नो राजधानी बुखारेस्ट र अजरबैजानले बाकूमा प्रतियोगिता सञ्चालन गर्दैछन्।

corrent noodles
Metro Mart

यसबाहेक डेनमार्कको कोपनहेगन, इंग्ल्यान्डको लण्डन, जर्मनीको म्युनिख, हंगेरीको बुढापेस्टका समर्थकले पनि घरेलु मैदानमा युरोकप हेर्न पाउनेछन्। त्यति मात्र होइन युरो कपको मजा इटालीको रोम, नेदरल्यान्डको एम्सटरडम, रुसको सेन्ट पिटरसबर्ग, स्कटल्यान्डको ग्लास्गो र स्पेनको सेभिल्लीका समर्थकले पनि घरेलु मैदानमा लिनेछन्।

यो संस्करणको युरोकपअन्तर्गत समूह चरणको खेलले नै निकै रोमाञ्चकता दिनेछ। किनभने समूह एफमा छन् उपाधि दावेदार पोर्चुगल, फ्रान्स र जर्मनीसहित हंगेरी।

यो समूहको पोर्चुगल साविक विजेता हो भने जर्मनी २०१४ को फिफा विश्वकप विजेता हो। यता अर्को बलियो टिम फ्रान्स त पछिल्लो संस्करणको विश्वकप विजेता हो। यो समूहको खेल निकै रोमाञ्चक हुनेछ।

अर्को महत्वपूर्ण कुरा के भने २०१६ को फाइनलमा प्रतिस्पर्धा गरेका फ्रान्स र पोर्चुगलले आउँदो युरोकपको समूह चरणमै प्रतिस्पर्धा गर्नेछन्। २००४ को उपाधि विजेता ग्रिस छनोट हुन नसकेको प्रतियोगितामा एक पटक उपाधि जितिसकेका रसिया, इटाली, चेकोस्लोभाकिया, नेदरल्यान्ड, डेनमार्क र पोर्चुगलले भने अर्को उपाधिका लागि भिड्नेछन्।

यसो भन्दैमा दुई पटक उपाधि जितिसकेको फ्रान्सलाई कम आँक्न चाहिँ मिल्दैन। त्यस्तै, तीन पटक उपाधि आफ्नो बनाइसकेका स्पेन र जर्मनीको फुटबल बहादुरीबारे नाम नै काफी देखिन्छ।

विभिन्न १५ संस्करणमा १० फरकफरक विजेता पाएको युरोकप यो संस्कण भिन्न तरिकाले आयोजना हुँदै गर्दा नयाँ राष्ट्र विजेता नहोला भन्न सकिँदैन। उपाधि दावेदार इंग्ल्यान्डलगायतका निकै बलिया टिम युरो कपमा सहभागी छन्।

धेरै देशहरुको अयोजना रहे पनि प्रतियोगिताको सेमिफाइनल र फाइनल भने इंग्ल्यान्डको लन्डनमा हुनेछ। वेम्बले रंगशालामा।

समूह चरणबाट शीर्षस्थानका दुई–दुई टिम र तेस्रो स्थानका उत्कृष्ट चार टिम प्रि क्वार्टरफाइनलमा जानेछन्। प्रि–क्वार्टरफाइनलका विजेताले क्वार्टरफाइनलमा खेल्नेछन्।

क्वार्टरफाइनलका दुई विजेता दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल र फाइनलका तीन खेल भने इंग्ल्यान्डको वेम्बले रंगशालामा हुनेछ। फाइनल खेल जुलाई ११ तारिखमा हुनेछ। उपाधि विजेता टिमले १० मिलियन युरो पुरस्कार पाउनेछ।

यी हुन् प्रतियोगिता हुने ११ सहर र रंगशाला

स्टेडियो ओलम्पिको – रोम, इटाली
जोहन क्रुफ एरिना – आमस्टरडम, नेदरल्याण्डस
ओलम्पिक स्टेडियम – बाकु, अजरबैजान
रामोन सान्चेज पिजुवान रंगशाला – सेभिया, स्पेन
एरिना नेशनला – बुखारेस्ट, रोमानिया
पुसकस एरिना – बुडापेस्ट, हंगेरी
पार्केन स्टेडियम – कोपनहेगन, डेनमार्क
हामप्डेन स्टेडियम – ग्याल्सगो, स्कटल्यान्ड
एलिनाज एरिना – म्युनिख, जर्मनी
क्रेस्टोब्स्की स्टेडियम – सेन्ट पिटर्सबर्ग, रसिया
वेम्बले स्टेडियम – लण्डन, इंग्ल्यान्ड

यस्ता छन् टिमः

समूह एः इटाली, स्विट्जरल्यान्ड, टर्की, वेल्स
समूह बीः बेल्जियम, रसिया, डेनमार्क, फिनल्यान्ड
समूह सीः युक्रेन, नेदरल्याण्डस, अष्ट्रिया, उत्तर म्याकडोनिया
समूह डीः इंग्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक, स्कटल्यान्ड
समूह ईः स्पेन, पोल्यान्ड, स्विडेन र स्लोभाकिया
समूह एफः जर्मनी, फ्रान्स, पोर्चुगल, हंगेरी

खेल हुने स्थानः

समूह एः रोम र बाकू
समूह बीः सेन्ट पिटरबर्ग र कोपनहेगन
समूह सीः आमस्टारडम र बुखारेस्ट
समूह डीः लण्डन र ग्लास्गो
समूह ईः सेभिल्ली र सेन्ट पिटरबर्ग
समूह एफः म्युनिख र बुडापेस्ट

प्रि–क्वार्टरफाइनलका खेल आमस्टारडम, बुडापेस्ट र लण्डनमा हुनेछन्। क्वार्टरफाइनल खेल सेन्ट पिटरबर्ग र म्युनिखमा हुनेछन्।

प्रकाशित: Jun 10, 2021| 02:30 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।