शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश-२ : कांग्रेसका ३ मन्त्रीले लिए शपथ, माओवादीलाई पनि सामेल गराउने प्रयास विफल

प्रदेश-२ : कांग्रेसका ३ मन्त्रीले लिए शपथ, माओवादीलाई पनि सामेल गराउने प्रयास विफल

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले बुधबार साँझ शपथ ग्रहण गराएका हुन्। नेपाली कांग्रेसबाट मन्त्रीहरु थपिए संगै प्रदेश २ मा ९ सदस्यीय मन्त्री मण्डल भएको छ। यस अघि मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित ७ मन्त्री थिए। 
 |  बुधबार, जेठ २६, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, जेठ २६, २०७८

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्नुअघि मुख्यमन्त्री राउतले कांग्रेसलाई सहभागी गराएर मन्त्रीमण्डल विस्तार गरेका हुन्। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले बुधबार साँझ शपथ ग्रहण गराएका हुन्।

triton college

नेपाली कांग्रेसबाट सरकारमा सहभागी ३ मन्त्रीले शपथ ग्रहण गरेसँगै राउतको सरकार पनि बलियो बनेको छ। जसपाका कुल ५३ सांसदमध्ये मुख्यमन्त्री राउतको पक्षमा ३५ जना खुलेका छन् भने नेपाली कांग्रेसका १९ जनाको पनि समर्थन रहेकाले उनको पक्षमा ५४ सांसद पुगेका छन्। प्रदेशसभामा बहुमत पुर्‍याउन ५३ सांसद् चाहिन्छ।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागी भएको हो। संसदीय दलका नेता यादवलाई भौतिक पूर्वाधार यातायात तथा सिचाई, वीरेन्द्रप्रसाद सिंहलाई महिला बालबालिका तथा खेलकुद र ओमप्रकाश शर्मालाई ऊर्जा तथा खानेपानीमन्त्रालयको जिम्मेवारी दिइएको छ।कांग्रेसलाई राज्यमन्त्री दिने सहमतिसमेत भएपनि राज्यमन्त्रीका विषयमा निर्णय हुन सकेको छैन। नीति तथा कार्यक्रम र बजेट आएपछि मात्रै कांग्रेसबाट राज्यमन्त्री थपिने बताइएको छ। 

कांग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमयन्त्री राउतले विभिन्न मन्त्रालयहरुलाई टुक्र्याएका छन्। उनले भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन र वन, उद्योग, पर्यटन र वातावरण मन्त्रालय टुक्रयाएका हुन्। नेपाली कांग्रेसबाट मन्त्रीहरु थपिएसंगै प्रदेश २ मा ९ सदस्यीय मन्त्रीमण्डल भएको छ। यसअघि मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित ७ मन्त्री थिए। 

यसअघि मुख्यमन्त्री राउतले जसपाकै महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका १ मन्त्रीसहित ३ राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए। जसपा संसदीय दलका बहुमत सदस्यले नेता चयन गरेकै दिन राउतले जसपाका महन्थ–राजेन्द्र पक्षका ती मन्त्रीहरुलाई बर्खास्त गरेका थिए। त्यसपछि सरकार जोगाउनका लागि मुख्यमन्त्री राउतले नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराएका हुन्।

corrent noodles
Metro Mart

माओवादी भित्र्याउने प्रयास विफल
यता, माओवादी केन्द्रलाई समेत बुधबार नै सरकारमा सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतसहित उनी पक्षीय अध्यक्ष उपेन्द्र यादवको प्रयास असफल भएको छ। सरकारको कार्यदल र माओवादी केन्द्रको कार्यदलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसकेपछि राउतले माओवादीलाई तत्काल सरकारमा सामेल गर्न नसकेका हुन्। 

माओवादी केन्द्रले चाहेअनुसार मन्त्रालय नपाएपछि सरकारमा सहभागी नभएको हो। माओवादीबाहेक जसपाको ३५ र कांग्रेसको १९ गरी बहुमतको सरकार बन्ने भएपछि आफूहरूलाई बेवास्ता गरिएको माओवादी केन्द्रको भनाइ छ। 

'हामीले मागेको २ वटा मन्त्रालय दिन तयार नभएपछि सरकारमा सहभागी नभएका हौँ,' माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले भने। उनले सरकारले बेवास्ता गरेको आरोपसमेत लगाए। प्रदेशसभामा माओवादी केन्द्रका ८ सांसद छन्। 

माओवादीले कानुन मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालय मध्ये कानुन मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालय छनौट गरेको थियो।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता साहले मुख्यमन्त्रीले काङ्ग्रेसलाई सरकारमा सहभागी गराउन निकै कसरत गरेपनि आफूहरूसँग प्रारम्भिक चरणमै कुरा नमिलेको बताए। उनले आन्तरिक छलफल, बहस र संवाद गर्न अझै बाँकी रहेको उल्लेख गरे। 

प्रकाशित: Jun 09, 2021| 17:15 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।