शनिबार, वैशाख १५, २०८१

सर्वोच्च अदालतले माग्यो एमीकस क्यूरी

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमीकस क्यूरी माग गरेको छ। 
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धीको मुद्दामा अदालतलाई सहयोग गर्न ४ सदस्यीय एमिकस क्युरीको माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक ईजलासले सर्वोच्च अदालत बार र नेपाल बार एसोसिएसनबाट २-२ जना गरी ४ सदस्यीय एमिकस क्युरीको माग गरेको हो। 

triton college

एमिकस क्युरीका चारै जना सदस्यलाई बहस नोट पेस गर्नका लागि असार १० सम्मको सीमा दिइएको छ। यस्तै निवेदक र प्रत्यर्थी तर्फका सबै कानुन व्यवसायीले पनि असार १० भित्र बहस नोट पठाउनुपर्ने छ। 

बुधबार नै सर्वोच्चले प्रतिनिधि सभा विघटन गर्ने निर्णयको फाइल ७ दिनभित्र अदालतमा पेस गर्न राष्ट्रपतिको कार्यालय र मन्त्रिपरिषद्को कार्यललयाई आदेश दिएको छ। 

'प्रतिनिधि सभा विघटनसम्बन्धी मिति २०७८/०२/०७ को नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय, प्रधानमन्त्रीले गर्नु भएको सिफारिस, तदनुसार राष्ट्रपतिबाट भएको निर्णयसम्बन्धी फाइल कागजात र सम्बन्धित कार्यालयहरूबाट आजका मितिले ७ दिनभित्र अनिवार्य रूपमा झिकाइ मिसिल सामेल राख्नू,' इजलासले जारी गरेको आदेशमा भनिएको छ। 

अब असार ९ बस्ने इजलासमा सबै कानुन व्यवसायीले १५ घण्टामात्र बहस गर्न पाउने इजलासको निर्णय छ। त्यसपछि मुद्दा किनारातर्फ लाग्नेछ। 

corrent noodles
Metro Mart

पुस ५ मा भएको प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा पनि अदालतले एमीकस क्यूरी मागेको थियो।

प्रकाशित: Jun 09, 2021| 11:44 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।