शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राउटे युवतीमाथि दुर्व्यवहार : पीडित नखुल्दा अनुसन्धान असहज

राउटे युवतीमाथि दुर्व्यवहार : पीडित नखुल्दा अनुसन्धान असहज

राउटे युवतीमाथि मध्यरातमा यौन दुर्व्यवहार भएको खुलेको छ। २१ गते राति ९ बजेतिर यौन दुर्व्यवहार भएको छानबिनमा संलग्न प्रहरी अधिकारीहरुले बताएका छन्।
 |  आइतबार, जेठ २३, २०७८

देव राना

देव राना

आइतबार, जेठ २३, २०७८

सुर्खेत- राउटे युवतीमाथि मध्यरातमा यौन दुर्व्यवहार भएको खुलेको छ। २१ गते राति ९ बजेतिर यौन दुर्व्यवहार भएको छानबिनमा संलग्न प्रहरी अधिकारीहरुले बताएका छन्।

triton college

‘घटनाको प्रकृति र स्थानीयको भनाइअनुसार मध्यरातमा यौन दुर्व्यवहार भएको देखिन्छ’ छानबिनमा संलग्न प्रहरी अधिकारीले भने, ‘दोषीले रातिमा घटना भएको स्वीकार गरेका छन् तर पीडितहरु नखुल्दा थप छानबिनमा समस्या भएको छ।’ 

दोषीहरुले पहिलेदेखि नै युवतीहरुसँग टिकटक भिडियोहरु बनाउने गरेको पाइएको छ। ‘मोबाइलमा भिडियो हेर्ने बहानामा पहिले पनि उनीहरु नजिक रहेछन्’ ती प्रहरी अधिकारीले भने, ‘राउटेहरु आँपसुति आएको त हप्ता दिनमात्रै भएको रहेछ।’

युवतीहरुमा मोबाइल र मदिराको लत भएका कारण दोषीहरुले त्यसकै फाइदा लिन खोजेको प्रहरी अधिकारीहरु बताउँछन्। घटना छानबिनकै क्रममा रहेका कारण थप केही बताउन नमिल्ने सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले बताए।

यता गुर्भाकोट नगरपालिका प्रमुख हस्तबहादुर पुनले पनि मध्यरातमा युवतीहरुमाथि दुर्व्यवहार भएको बताउँछन्। ‘२१ गते राति राउटे युवतीमाथि दुर्व्यवहार भएको जानकारी आएको थियो, सुरुमा त विश्वास लागेको थिएन’ नगरप्रमुख पुनले भने, ‘भिडियो नै भेटिएपछि सीडीयो (सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल)लाई खबर गरे।’ केही स्थानीयले राति नै घटना भएको भनेर पुनलाई २२ गते बिहान मात्रै खबर गरेका थिए। तर अपराधजन्य घटना भएका कारण सुरक्षा निकायलाई जानकारी गराएको उनले बताए।

corrent noodles
Metro Mart

घटनाबारे थप अनुसन्धान गर्न र युवतीको स्वास्थ्य परीक्षणका लागि दैलेखबाट सोसेक नेपालका केही पदाधिकारीहरुलाई बोलाइएको छ। सोकेक नेपाल राउटे समुदायको संरक्षण र हकहितमा लामो समय काम गरेको संस्था हो। गएको अप्रिलसम्म संस्थाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको थियो। पीडितको स्वास्थ्य परीक्षण गराउन सकिन्छ कि भन्ने उद्देश्यले संस्थाको टोली राउटे बस्तीमा जाने तयारी गरेको छ।

यसअघि पनि केही युवाहरु पटक–पटक राउटे बस्तीमा पुग्ने गरेको सोसेक नेपालले जनाएको छ। ‘युवाहरु रातिराति बाइक लिएर आउँछन् भन्ने जानकारी पाएका थियौँ’ सोकेस नेपालका संस्थापक अध्यक्ष हिरासंह थापाले भने, ‘असुरक्षा देखेर गुर्भाकोट नगरपालिका र प्रदेशको सामाजिक विकास मन्त्रालयलाई सुरक्षाको व्यवस्था गरिदिन अनुरोध गरेको थिएँ।’ थापालाई राउटेका केही बच्चाहरुले केही युवाहरु रातिमासमेत मोटरसाइकल लिएर आउने गरेको बताएका थिए।

जेठ १५ गते नै संस्थाको समन्वयमा जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले कोरोना परीक्षण गराएको थियो। त्यही समय संस्थाले सामाजिक विकास मन्त्रालय र नगरपालिकालाई राउटे समुदायमा सुरक्षाको लागि प्रहरी खटाइदिन आग्रह गरेको थियो। फिरन्ते जीवन बिताउने भए पनि राउटे समुदाय पछिल्लो समय गुर्भाकोटको विभिन्न स्थानमा बस्दै आएका छन्।

शुक्रबार मात्रै दुई राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको थियो। घटनामा संलग्न रहेको आरोपमा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका विनोद पुन, दोमनबहादुर घर्ती र भूपेन्द्र बुढालाई प्रहरीले पक्राउ परेका छन्।
भिडियोमा के छ ?

यौन दुर्व्यवहार गरेको दुईवटा भिडियोहरु सामाजिक सञ्चालमा भाइरल भएका छन्। पहिलो भिडियोमा राउटे युवती ओछ्यानमा पल्टिएका छन्। पुरुषले एक राउटे युवतीलाई बहिनी र अर्कीलाई श्रीमती भनेर सम्बोधन गरेका छन्। ती पुरुषले श्रीमति भनिएकी युवतीलाई संवेदनशील अंगमा अश्लिल गतिविधि गरेका छन्। नसामा रहेकी राउटे युवतीले ‘डिस्ट्रब भयो के दाइ जानु’ भनेको सुनिन्छ। तर ती पुरुषले उल्टै ओछ्यानमा पल्टेर राउटे युवतीमाथि अश्लिल गतिविधि गर्छन्।

दोस्रो भिडियोमा दुई पुरुष अर्धनग्न अवस्थामा छन्। युवतीहरु मदिरामा लठ्ठ परेका देखिन्छन्। युवाको गतिविधि अश्लिल देखिन्छ। दुई युवाले फरक–फरक युवतीसँग यौन हिंसा गरेका देखिन्छन्। भिडियोमा एउटा युवतीलाई बुढी र अर्काले गलफ्रेन्ड भनेर सम्बोधन गरेका छन्।

प्रकाशित: Jun 06, 2021| 14:19 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।