शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कानुन व्यवसायीलाई प्रधानन्यायाधीशको चेतावनी : निवेदन फिर्ता लिनुहुन्छ कि अदालतको अवहेलनामा मुद्दा चलाउनुपर्ने हो ?

कानुन व्यवसायीलाई प्रधानन्यायाधीशको चेतावनी : निवेदन फिर्ता लिनुहुन्छ कि अदालतको अवहेलनामा मुद्दा चलाउनुपर्ने हो ?

अधिवक्ता राजाराम घिमिरेसहितका कानुन व्यवसायीले ११ जना न्यायाधीश इजलासमा समावेश राख्न नहुने भन्दै निवेदन पेस गर्ने तयारी गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले कडा चेतावनी दिएका छन्।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- अधिवक्ता राजाराम घिमिरेसहितका कानुन व्यवसायीले ११ जना न्यायाधीश इजलासमा समावेश राख्न नहुने भन्दै निवेदन पेस गर्ने तयारी गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले कडा चेतावनी दिएका छन्।

triton college

इजलासमा सुनुवाइ सुरु भएलगत्तै उनीहरूको निवेदनका विषयमा छलफल हुँदा प्रधानन्यायाधीश राणाले इजलासको मर्यादा कायम राख्न आग्रह गरेका छन्। 

‘न्यायाधीशप्रति विश्वास राख्नु पनि तपाईंहरूको कर्तव्य हो। निवेदन दिनुभएको छ। विषयवस्तु गम्भीर छ। कुनै पनि न्यायाधीशले मुद्दा हेर्न नसक्ने स्थिति आयो भने अदालतको अवहेलनामा मुद्दा चलाउनुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘नभए इजलासले कठिन रुपमा अघि बढ्नुपर्ने अवस्था आउन सक्छ। आफैं फिर्ता लिनुहुन्छ कि ? निवेदन दर्ता भएपछि कठिन अवस्था आउन सक्छ।’ 

परिणाम के हुन्छ तपाईं तयार हुनुहुन्छ भन्दै कानुन व्यवसायीहरूलाई सोधेपछि उनीहरूले तयार छु भनेका थिए।

प्रकाशित: Jun 06, 2021| 06:26 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।