शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओली सुध्रिने संकेत देखिँदैन, अब पार्टी पुनर्गठनमा अघि बढ्छ : नेपाल

ओली सुध्रिने संकेत देखिँदैन, अब पार्टी पुनर्गठनमा अघि बढ्छ : नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिने संकेत नदेखिएको भन्दै छिट्टै पार्टी पुनर्गठन हुने बताएका छन्। 
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिने संकेत नदेखिएको भन्दै छिट्टै पार्टी पुनर्गठन हुने बताएका छन्।

triton college

आफ्नो समूहका जिल्ला कमिटी अध्यक्ष र सचिवहरुसँगको भर्चुअल संवादमा उनले यस्तो बताएका हुन्। ‘ओलीजी सुध्रिहाल्नु हुन्छ कि भनेर हामीले हप्तादिन जतिको समय राखेका छौं’, नेता नेपालको भनाइ उधृत गर्दै सहभागी एक नेताले भने, ‘भएन भने अन्तिम विकल्प भनेको पुनर्गठन गरेर अघि बढ्ने भन्ने नै हो।’

नेपालले शनिबार बिहान ११ बजेदेखि सबै जिल्लाका आफूनिकट कमिटीका अध्यक्ष र सचिवसँग भर्चुअल छलफल गरेका थिए। छलफलमा उनले केही साथीहरु ओली केही गरेर सुध्रिन्छन् की भनेर लागिरहेको भन्दै आफूलाई भने कुनै विश्वास नभएको बताएका छन्। 

ओली पक्षसँग निरन्तर संवाद गरिरहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टलाई संकेत गर्दै उनले यस्तो बताएका हुन्। नेता नेपालले ओली पूर्ण रुपमा सच्चिएर आउन तयार भए मात्रै पार्टी एकताको सम्भावना रहने प्रष्ट पारेका थिए।

जिल्ला अध्यक्ष र सचिवहरुले अब धेरै समय ओली सच्चिएर आउलान् भन्ने आशा नरहेको भन्दै छिटो निष्कर्ष निकाल्नुपर्ने सुझाव नेता नेपाललाई दिएका थिए। 

corrent noodles
Metro Mart

बिहीबार र शुक्रबार दुई दिन केन्द्रीय कमिटीका सदस्यहरुसँग छलफल गरेका नेता नेपालले आज आफ्नो समूहले गठन गरेको समानान्तर जिल्ला कमिटीका अध्यक्ष र सचिवहरुसँग छलफल गरेका हुन्।

प्रकाशित: Jun 05, 2021| 10:35 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।