शुक्रबार, वैशाख १४, २०८१

गनिँदै कञ्चनजंघा क्षेत्रका नाउर

ताप्लेजुङको कञ्चनजंघा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गरिएको छ।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

ताप्लेजुङ- ताप्लेजुङको कञ्चनजंघा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गरिँदै छ। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य थालिएको हो। 

triton college

फक्ताङलुङ गाउँपालिका-७, घन्सावासी पेमा शेर्पा आहिले कञ्चनजंघा हिमालको वरपर नाउरको खोजीमा व्यस्त छन्। शेर्पासँगै परिषद्का वन तथा वन्यजन्तु प्राविधिक सुमन काफ्ले लगायत ९ जनाको टोली कञ्चनजंघा क्षेत्रको लोनाक खाम्बाजेन क्षेत्रमा नाउर गणनामा परिचालन भएको जनाइएको छ।

त्यस्तै कञ्चनजंघा क्षेत्रमा नाउरको बासस्थान तथा चरणको अध्ययन अवलोकन गर्न चार वटा क्षेत्र (ब्लक)मा विभाजन गरेर नाउर र हिउँ चितुवाको बासस्थान र चरणको अवस्थाबारे अध्ययन विगतदेखि नै गर्दै आएको कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए। ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लकमा विभाजन गरेर संरक्षणमा पाइने वन्यजन्तुको  निरीक्षण हुँदै आएको चेम्जोङले बताए। 

संरक्षण क्षेत्रका चार ब्लकमा हिउँ चितुवा अनुगमन उपसमिति गठन भएको छ। नाउर र हिउँ चितुवालागयतका वन्यजन्तुको निरीक्षण गर्ने जिम्मेवारी हिउँ चितुवा उपसमितिलाई रहेको घुन्सा ब्लक हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताए। वन्यजन्तुबाट घरपालुवा जनवाहरु क्षति पुग्यो भने उपसमितिले अवलोकन गरेर राहत उपलब्ध गराउने गरेको शेर्पाकाे भनाइ छ। 

पाँच वर्षपछि सो संरक्षण क्षेत्रमा नाउर गणना कार्य  गत हप्तादेखि थालिएको कञ्चनजंघा  संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए।

corrent noodles
Metro Mart

केही वन तथा वन्यजन्तु प्राविधिक र स्थानीय हिउँ चितुवा उपसमिति पदधिकारीहरू नाउर गणनामा परिचालन भएको तिवारीले बताए। ब्लक विभाजन गर्दा एक क्षेत्रको वन्यजन्तु अर्को ब्लकमा नजानका लागि हिमाल, खोला  आदिका आधारमा क्षेत्र सिमांकन गरिएको छ। त्यसले गणनामा दोहोरिने कम सम्भावना रहेको तिवारीकाे भनाइ छ। 

गत महिना विश्व वन्यजन्तु कोष र परिषद्बीच नाउर निरीक्षण र हिउँ चितुवा संरक्षण गर्नका लागि ४० लाख रूपैयाँको कार्यक्रम सम्झौता भएको व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बुले बताए। समुद्र सतहदेखि पाँच हजार मिटरभन्दा माथिको उचाइको हिमाली क्षेत्रमा पाइने वन्यजन्तु नाउरको हालको अवस्था र नाउरको गणना कार्य भइरहेको फेम्बुले बताए। 

२०७३  मा दुई हजार २०० को संख्यामा नाउर रहेको परिषद्का सूचना अधिकारी धमेन्द्र थापाले बताए। पाँच वर्ष यता नाउरको निरीक्षण भए पनि परिमाण आउन नसकेको थापाले बताए।

संरक्षण क्षेत्रमा २०६० सालमा १२ वटा हिउँ चितुवा रहेको अनुमान गरिएकोमा अहिले यो बढेर कम्तीमा पनि २९ पुगेको कञ्चनजंघा संरक्षण क्षेत्रले जनाएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले सो संरक्षण क्षेत्रभित्रका ओलाङचुङगोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँ चितुवाको संख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान छ। हिउँ चितुवाको मलमुत्र परीक्षणका आधारमा पनि त्यसक्षेत्रमा उक्त संख्यामा हिउँ चितुवा रहेको परिषद्को कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Jun 05, 2021| 02:59 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।