शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मेरो ध्यान सबै नेपालीलाई चाँडै खोप लगाउन केन्द्रित हुनेछ : शेरबहादुर तामाङ

मेरो ध्यान सबै नेपालीलाई चाँडै खोप लगाउन केन्द्रित हुनेछ : शेरबहादुर तामाङ

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शपथ लिन लागेका शेरबहादुर तामाङले आफ्नो सम्पूर्ण ध्यान सबै जनतालाई खोपको सुनिश्चितता गर्ने दिशामा केन्द्रित हुने बताएका छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री पदकाे शपथ लिन लागेका शेरबहादुर तामाङले आफ्नो सम्पूर्ण ध्यान सबै जनतालाई खोपको सुनिश्चितता गर्ने दिशामा केन्द्रित हुने बताएका छन्।

triton college

तामाङले नेपाल समयसँगको छोटो कुराकानीमा भने,  ‘मैले विषम परिस्थितिमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउँदै छु। यसलाई चुनौती र अवसर दुवैका रुपमा लिएर अहिले देखिएको समस्या समाधान गर्नु नै मेरो लक्ष्य हुनेछ।’

उनले सबैलाई खोप नलगाएसम्म जोखिम कायमै रहने अवस्था रहेको भन्दै यसमा नै बढी जोड दिइने बताए। ‘संक्रमणको रोकथाम र नियन्त्रण र स्वास्थ्य उपचारमा देखिएको कमजोरी हटाएर जनताको स्वास्थ्यमा नै केन्द्रित हुन्छु,’ उनले भने, 'अक्सिजन, औषधि लगायतको उपचारमा कुनै अभाव हुन नदिने हिसाबले काम अघि बढाउनेछु।

यसअघि कानुन मन्त्री हुँदा विवादमा आएपछि तामाङले राजीनामा दिएका थिए। त्यसपछि दोस्रो पटक उनी मन्त्री बन्न लागेका हुन्।

प्रकाशित: Jun 04, 2021| 13:31 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।