शनिबार, वैशाख १५, २०८१

इचंगु नारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी

नागार्जुन नगरपालिका-३ स्थित इचंगु नारायण मन्दिरमा रहेको राधाकृष्णको मूर्ति चोरी भएको छ। मूर्ति मंगल‍बार राति चोरी भएको हो।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं- नागार्जुन नगरपालिका-३ स्थित इचंगु नारायण मन्दिरमा रहेको राधाकृष्णको मूर्ति चोरी भएको छ। मूर्ति मंगल‍बार राति चोरी भएको हो।

triton college

नागार्जुन-३ का वडाध्यक्ष प्रेमलाल श्रेष्ठका अनुसार दुई सानो र दुई ठूलो गरी चार मूर्ति चोरी भएका छन्। 'भक्तजनले चढाएका पितका मूर्ति गए राति चोरी भएका हुन्। चोरले चाँदी मूर्ति नलगी सुनको मूर्ति ठानेर पित्तलका मूर्ति मात्रै चोरेको छ', उनले भने।

महानगरीय प्रहरी वृत्त स्वयंभूका डीएसपी मिलन केसीले घटना बारे अनुसन्धान थालिएको बताए। मन्दिरमा सानो झ्याल रहेको बताउँदै उनले चोरले झ्यालको ग्रिल उप्काएर मूर्ति चोरी गरेको डीएसपी केसीले बताए।

मन्दिर वरिपरि रहेका सीसीटीभीले खासै काम नगरेकाले चोर पहिचानमा समस्या भएको प्रहरीको भनाइ छ।

प्रकाशित: Aug 04, 2021| 08:51 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।