बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : पछिल्लो २४ घण्टामा २२ काे मृत्यु, १,०४२ संक्रमणमुक्त

प्रदेश १ : पछिल्लो २४ घण्टामा २२ काे मृत्यु, १,०४२ संक्रमणमुक्त

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

विराटनगर- कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङका ८, झापाका ५, सुनसरीमा ३, धनकुटाका २, उदयपुरका १ र प्रदेश १ बाहिरका ३ जना छन्। 

triton college

सामाजिक विकास मन्त्रालयका अनुसार नोबेल शिक्षण अस्पतालमा ११, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी कोभिड अस्पतालमा ३–३, मेची अस्पताल र अन्य आइसोलेसनमा २–२ र होम आइसोलेसनमा १ जनाको मृत्यु भएको हो। प्रदेश १ मा बिहीबारसम्म ९२५ जनाको मृत्यु भएको छ। दोस्रो लहरपछि मात्रै ४६९ जनाको मृत्यु भएको छ। 

प्रदेश १ मा बिहीबार १,०४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ। 

प्रदेश १ मा बिहीबार ७१८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ३०२, झापामा २९३, सुनसरीमा ४५, इलाममा २७, सोलुखुम्वुमा १३, धनकुटामा ७, उदयपुरमा ४, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ हजार ४६० पुगेको छ। सक्रिय संक्रमितको संख्या २० हजार १०५ पुगेको छ। प्रदेश १ मा आज १ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २९९ महिला र ४१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 02, 2021| 13:37 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।