शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी प्रदेशसभामा खनिए विपक्षी, ‘शंकर भन्न लाज लाग्न थाल्यो, राजीनामा दिनुस्’

लुम्बिनी प्रदेशसभामा खनिए विपक्षी, ‘शंकर भन्न लाज लाग्न थाल्यो, राजीनामा दिनुस्’

‘राष्ट्रियसभा सदस्य निर्वाचनले प्रदेश सरकार अल्पमतमा रहेको प्रस्ट देखाएको छ। अविलम्ब राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ।’
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

बुटवल– लुम्बिनी प्रदेशका विपक्षी दलका सांसदहरु सरकारविरुद्ध खनिएका छन्। बुधबार सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनमा बोल्ने विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा पनि माग गरेका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ (१) अनुसार अल्पमतमा रहेकाले तुरुन्तै राजीनामा दिनुपर्ने माग गरे। 

triton college

‘राष्ट्रियसभा सदस्य निर्वाचनले प्रदेश सरकार अल्पमतमा रहेको प्रस्ट देखाएको छ। अविलम्ब राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ’, प्रमुख सचेतक खानले भने। उनले प्रदेश सरकार गठन अवैधानिक रुपमा भएकाले पोखरेललाई अब सरकारमा बस्ने नैतिकता नभएको बताए। संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्ति र शपथ खाएको सरकारको स्वरुप अब उपधारा २ अनुसार भएको उनको भनाइ छ। 

‘आज ३० दिन पुग्यो, कि त त मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्‍यो, अन्यथा राजीनामा दिनुपर्छ।’

‘त्यतिबेला कायम रहेको सदस्य संख्याको ४१ हस्ताक्षर बुझाउनुपर्नेमा किर्ते हस्ताक्षरसहित नियुक्ति र शपथ गराइयो, त्यो असंवैधानिक छ’ उनले भने, ‘व्यावहारिक रुपमा यो सरकार १६८ को २ अनुसार बनेको छ।’  उनले प्रदेश सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताउँदै सिद्धान्त र लोकतन्त्र सिकाउने मुख्यमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए। ‘आज ३० दिन पुग्यो, कि त त मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्‍यो, अन्यथा राजीनामा दिनुपर्छ।’ उनले प्रदेश सरकारले नागरिकको जिउधनको रक्षा गर्न चुकेको बताए। 

यसैगरी नेपाली कांग्रेसकै अर्का सांसद शंकर गिरीले मुख्यमन्त्रीले संसद्को अपमान गरेको भन्दै सहमति, सहकार्य र एकताका लागि राजीनाको माग गरे। उनले भने ‘तपाईं पनि शंकर म पनि शंकर हो, मलाई पनि लाज हुन्छ, मुख्यमन्त्रीज्यू छलछाम नगर्नुस्।’ सांसद गिरीले मुख्यमन्त्री पोखरेल कुन संविधानको धाराअनुसारको सरकारमा बसेको भनेर प्रश्न गरे।

corrent noodles
Metro Mart

उनले भने, ‘तपाईं संविधानको धारा १६८ (१) को मुख्यमन्त्री हो कि २ ? उनले भने, ‘१ को भए बहुमत छैन, २ भए राजीनामा दिएर प्रक्रियामा आउनुस्।’ उनले प्रदेशसभा नै बीचमा मर्ने डर भएको समेत बताए। 

प्रदेश प्रमुखलाई बोरामा हालेर शपथ गराइयो  : पूर्वमन्त्री बराल 

नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री सुदर्शन बरालले अल्पमतमा परेपछि प्रदेश प्रमुखलाई बोरामा हालेर मुख्यमन्त्री कार्यालयमा लगेर शंकर पोखरेलले शपथ लिएको आरोप लगाए। उनले मुख्यमन्त्री पोखरेलले मान्यता, सिद्धान्त र आदर्शको राजनीति गर्ने नेताका रुपमा आफूले चिनेको बताए। उनले भने, ‘शंकर पोखरेल यो रसातलमा कसरी पुग्नुभयो, म आश्चर्यचकित छु।’ उनले केही मान्यहरुले आत्म बेचेर मन्त्री बनेको समेत अरोप लगाए। 

सांसद वीरबहादुृर रानाले अविश्वासको प्रस्तावमाथि बहस नगरेर संसद् छलेर मुख्यमन्त्री नियुक्ति गरेकोमा आपत्ति जनाए। ‘एकल बहुमतका नाममा शपथ लिने, अनि संविधानको २ अनुसार मन्त्रीलाई शपथ दिने कुरा कुन नैतिकताका आधारमा गरियो’, उनले भने। उनले संघीय सरकारको बलको आडमा सांसदलाई घोक्र्याएर प्रदेश प्रमुखलाई घिसारेर शपथ गराउने काम गलत भएको बताए।

‘संसद्मा बहुमत दाबी गरेर पुष्टि गर्नुहोस्। वैधानिक प्रक्रियामा आएर शासन गर्नुहोस्, होइन भने छोड्नुस्।’ 

राष्ट्रिय जनमोर्चाकी तारा जीसीले प्रदेशसभाको बीचमै घाँटी निमोठिन सक्ने बताइन्। उनले सयौं तिक्डम अपनाएर संसद् विघटन गराइएको आरोप पनि लगाइन्। गणतन्त्र, संविधान र राष्ट्रियताका सवालमा ओली सरकार मतियार बनेको उनको आरोप छ। 

सांसद इन्द्रजित थारुले ठूलो दल हो भन्दैमा संविधान मिच्न नपाउने बताए। उनले मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीको सिको गर्दै अल्पमतमा हुँदा पनि सरकारमा बसेर संविधान मिचेको भन्दै आलोचना गरे।। थारुले भने, ‘संसद्मा बहुमत दाबी गरेर पुष्टि गर्नुहोस्। वैधानिक प्रक्रियामा आएर शासन गर्नुहोस्, होइन भने छोड्नुस्।’

सरकार बहुमतमै छ : एमाले नेता गिरी 

सत्तासीन एमालेका सांसद तथा पूर्वमन्त्री लीला गिरीले सरकारसँग स्पष्ट बहुमत रहेको बताए।  मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८(१) अनुसारको सरकार बनाउनु बाधात्मक अवस्था रहेको उनको भनाइ छ। उनले विपक्षी दलहरुले अस्वस्थ काम गरेको आरोप समेत लगाए। 

‘छापामार शैलीमा प्रहरी प्रशासनमा प्रभाव पारेर शपथ रोक्न खोज्ने दृश्य ठिक थियो’, उनले भने, ‘प्रदेशसभाबाट भेदभावपूर्ण व्यवहारसहित खेल खेल्दा राम्रो भएन।’  उनले नैतिकताका कुरा गर्नेहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकबाट हटाउन खोज्दा समस्या आएको बताए। प्रदेशसभा बैठकमा भने मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिएनन्। 

बैठकको सुरुमा सभामुखले प्रदेश प्रमुखबाट प्राप्त प्रदेश सभाको आठौं अधिवेशन आह्वानसम्बन्धी पत्र, प्रमाणीकरण भएको विधेयक सम्बन्धी पत्र र मन्त्रिपरिषद् पुनर्गठन एवं कार्य विभाजनसम्बन्धी पत्र पढेर सुनाएका थिए।  यसैगरी प्रदेशसभा सदस्यबाट दृगनारायण पाण्डेय र अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएकाले पद रिक्त भएको व्यहोरा पनि सभामुखले जानकारी गराए। अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ। 

प्रकाशित: Jun 02, 2021| 11:32 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।