शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • इन्भेस्टमेन्ट र हिमालयन बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

इन्भेस्टमेन्ट र हिमालयन बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंक १ बराबर १ को अनुपातमा मर्जर गर्न तयार भएका हुन्। त्यस्तै नबिल बैंकलाई यूनाइटेड फाइनान्स गाभ्नको लागि पनि राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ। सोमबार बसेको राष्ट्र बैंकको संचालक समितिले हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकलाई मर्जरमा जानको लागि सैद्धान्तिक सहमति दिएको हो।

‍हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंक १ बराबर १ को अनुपातमा मर्जर गर्न तयार भएका हुन्। त्यस्तै नबिल बैंकलाई यूनाइटेड फाइनान्स गाभ्नको लागि पनि राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ।

राष्ट्र बैंकको सैद्धान्तिक सहमतिसँगै हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंक तथा नबिल बैंक र युनाइटेड फाइनान्सको मर्जर प्रक्रिया अगाडि बढ्ने भएको छ। 

प्रकाशित: Jun 01, 2021| 11:53 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्