शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • शासकहरुलाई मदनकृष्ण श्रेष्ठको प्रश्न– जनता नै रहेनन् भने कसलाई शासन गर्छौ?

शासकहरुलाई मदनकृष्ण श्रेष्ठको प्रश्न– जनता नै रहेनन् भने कसलाई शासन गर्छौ?

अस्पतालबाट डिस्चार्ज भएको एक सातापछि पनि कलाकार मदनृकष्ण श्रेष्ठको कोरोना रिपोर्ट पोजिटिभ नै आएको छ। यद्यपि उनले सबैको आशीर्वादले आफूले कोरोनालाई जित्न सफल भएको बताएका छन्।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– अस्पतालबाट डिस्चार्ज भएको एक सातापछि पनि कलाकार मदनृकष्ण श्रेष्ठको कोरोना रिपोर्ट पोजिटिभ नै आएको छ। यद्यपि उनले सबैको आशीर्वादले आफूले कोरोनालाई जित्न सफल भएको बताएका छन्।

triton college

मंगलबार ‘कृतज्ञता ज्ञापन’भन्दै फेसबुकमा राखेको पोस्टमा उनले भनेका छन्, ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्यो। पछार्यो मात्र हैन, अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो। ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो, बेला बेलामा तर्सायो पनि। तर, सबैको माया, शुभेच्छा प्रार्थना र आशीर्वादको बलले गर्दा मलाई त्यसले  जित्न भने सकेन। यहाँहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी विषलाई मज्जाले पचाइयो।’

मेडिसिटी अस्पतालमा दुई पटक भर्ना भएका मदनकृष्ण पहिलो पटक आठ दिन र दोश्रो पटक १४ दिन अस्पताल बसेका थिए। अस्पतालबाट डिस्चार्ज भएको एक हप्तापछि उनले फेसबुकमा कृतज्ञता प्रकट गर्दै लेखेका छन्, ‘अब शरीरमा अलिअलि शिथिलता बाँकी छ। त्यो पनि अलि अलि गर्दै कमकम हुँदैछ। डाक्टरहरुले मलाई ‘तपाईंको शरीरमा अब एन्टिबडी बनिसकेको छ। अरु कसैबाट पनि कोरोना भाइरस सर्दैन र तपाईँबाट पनि अरुलाई सर्दैन। एक प्रकारले भ्याक्सिन लिएको सरह नै भैसकेको छ भनेका छन्। 

मदनकृष्ण आफ्नो कोभिड रिपोर्ट नेगेटिभ आएपछिमात्रै यसबारे सार्वजनिक गर्ने भनेर चुपचाप बसेका थिए। तर, सोमबार पिसिआर रिपोर्टमा घरमा परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आयो तर उनको अझै पोजिटिभ नै देखियो। ‘डाक्टरहरुको भनाइअनुसार मेरो शरीरमा भएका कोरोनाको भाइरसहरु सबै मरिसकेका छन्,’ मदनकृष्णले भनेका छन्, ‘अब खाली ती मरेका भाइरसका लाशहरु मात्र बाँकी छन्। त्यो बाँकी हुन्जेल पनि मेशिनले पोजेटिभ नै देखाउँछ। त्यसले केही फरक पर्दैन, केही दिनपछि त्यो पनि आफैं जान्छ भनेका छन्। जे होस् बाँचियो बा !’

उनले थप लेखेका छन्, ‘कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्किन्सन्स छ, प्रोस्टेट, प्रेसर, मुटुको समस्या छ, अनि अर्को कन्स्टिपेशनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला सायद। तर, यहाँहरु जस्तो मलाई औधी माया गर्नु हुने लाखौँ लाख शुभेच्छुकहरु पनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा’

corrent noodles
Metro Mart

यतिखेर देशको सबैभन्दा ठूलो समस्या कोरोना नै रहेको भन्दै उनले सरकारलाई जतिसक्दो चाँडो जनताका लागि भ्याक्सिनको जोहो गर्न आग्रह गरेका छन्। नत्र ‘जनता नै भएन भने कसलाई शासन गर्ने’ भन्दै उनले प्रश्नसमेत गरेका छन्।

प्रकाशित: Jun 01, 2021| 08:36 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्