शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश सांसदबाट राजीनामा दिएको एक महिनामै राष्ट्रियसभामा

प्रदेश सांसदबाट राजीनामा दिएको एक महिनामै राष्ट्रियसभामा

नेकपा (एमाले) त्यागेर कांग्रेस प्रवेश गरेका दृगनारायण पाण्डेय प्रदेशसभा सदस्यबाट राजीनामा दिएको एक महिना पुग्दानपुग्दै लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका छन्। 
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

बुटवल– नेकपा (एमाले) त्यागेर कांग्रेस प्रवेश गरेका दृगनारायण पाण्डेय प्रदेशसभा सदस्यबाट राजीनामा दिएको एक महिना पुग्दानपुग्दै लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका छन्। 

triton college

नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले हराउँदै नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी (उपेन्द्र पक्ष) र राष्ट्रिय जनमोर्चाको समर्थनमा उम्मेदवार बनेका पाण्डेय निर्वाचित भएका हुन्। 

पाण्डेयले ४ हजार १४० मतभार प्राप्त गरे भने खड्काले ३६१२ मतभार प्राप्त गरे। स्थानीय तहमा नेकपा एमालेका खड्काले ९४ मत ल्याउँदा  नेपाली कांग्रेसका उम्मेदवार पाण्डेयले ११८ मत प्राप्त गरे। 

यस्तै प्रदेश सभाबाट खड्काले ४० र पाण्डेयले ४२ मत प्राप्त गरेका छन्। जबकी नेकपा एमालेका ३८ जना र जसपा (महन्थ ठाकुर पक्ष) का ४ सांसद गरी ४२ मत थियो। 

एमालेका २ जना (माधवकुमार नेपाल पक्ष)ले विपक्षी गठबन्धनमै मत दिएको पुष्टि हुन्छ। यद्यपि प्रदेशसभाका ८३ मतदातामध्ये १ जनाको मत भने बदर भएको छ। यस्तै गरी स्थानीय तहका २१७ जनामध्ये २१४ मत खसेको थियो। जसमा १ जनाको मत बदर भएको प्रदेश निर्वाचन कार्यालय  दाङले जनाएको छ। 

corrent noodles
Metro Mart

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका खड्कालाई राष्ट्रिय सभा सदस्य पद माओवादीले कारवाही गर्दा रिक्त बनेको थियो। सोही रिक्त पदमै उपनिर्वाचन भएको हो। 

स्थानीय तहतर्फ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणाले निर्वाचन बहिष्कार गरे। नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले मतदान नगरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। विरामी भएका कारण शाह र थापा मतदानमा सहभागी भएनन्।  

आफ्नै नेता चोरेर एमालेलाई हराए 

गत वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको केही समयमै एमालेका प्रदेशसभा सदस्यबाट पाण्डेयले राजीनामा दिए। एमालेको स्पष्ट बहुमत रहेको दाबीसहित संविधानको धारा १६८ को १ अनुसार मुख्यमन्त्रीमै पुनः पोखरेलले प्रदेश प्रमुखमा दाबी पेश गर्दा कपिलवस्तु क्षेत्र नं. २ को (क) बाट निर्वाचित पाण्डेयले पदबाटै राजीनामा दिएका थिए।

एकपछि अर्को राजनीतिक ट्वीस्ट आउने क्रममा बहुमतमा भएको एमालेलाई अल्मपत पार्नेमध्येका एक हुन् पाण्डेय। उनले एमाले पार्टीसमेत परित्याग गरी सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। त्यसको केही दिनमै विपक्षी दलहरुले बुटवलको एक होटलमा माला लगाएर उनलाई स्वागत गरेका थिए। त्यतिमात्रै होइन, राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउन सहमति जनाए। 

त्यसो त पाण्डेय प्रदेशसभा सदस्यको निर्वाचनअघि नेपाली कांग्रेसकै नेता थिए। कांग्रेस प्रवेश गरेर एमाले त्यागेका पाण्डेयले राष्ट्रिय राजनीतिको फाइदा उठाएका छन्।      

राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेयले राष्ट्रिय एकताको जित भएको बताएका छन्। विजयी भएपछि नेपाल समयलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘यो जित मेरो मात्रै होइन, देशको मुद्दाले जितेको छ, गठबन्धनले जितेको छ।’

उनले प्रदेशसभा सदस्यका रुपमा आफू रहँदा एमाले पार्टीमा राष्ट्रियता, समावेशिता र आम नागरिकको मुद्दा ओझेलमा परेकाले राजीनामा दिएको बताउँदै समावेशी संघीयतालाई बलियो बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। ५९ वर्षीय पाण्डेयले अबको समय देशको पक्षमा बिताउने पनि सुनाए।

प्रकाशित: May 31, 2021| 12:44 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।