शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्सेले बनायो दोहोरो रेकर्ड, १७ अर्बभन्दा बढीको कारोबार

नेप्सेले बनायो दोहोरो रेकर्ड, १७ अर्बभन्दा बढीको कारोबार

पुँजीबजार सूचक नेप्सेले आइतबार दुई नयाँ रेकर्ड बनाएको छ। आइतबार कारोबार रकम र नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेको हो। 
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं- पुँजीबजार सूचक नेप्सेले आइतबार दुई नयाँ रेकर्ड बनाएको छ। आइतबार कारोबार रकम र नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेको हो। 

triton college

आइतबार १७ अर्ब २ करोडभन्दा बढी रकमको कारोबार भएको छ। यो हालसम्मकै उच्च कारोबार रकम हो। यसअघि गत बिहीबार १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। 

आइतबार नेप्से परिसूचकले पनि नयाँ रेकर्ड बनाएको छ। १२.५४ अंकले बढेर २८२७.९३ अंकमा पुगेको नेप्सले यसअघि गत सोमबारको रेकर्ड तोडेको हो।सोमबार नेप्से २८२३.४० बिन्दुमा पुगेर बन्द भएको थियो।

शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आएको भोलिपल्ट आइतबार नेप्सेले नयाँ रेकर्ड बनाएको हो। यसले बजेटको सकारात्मक प्रभाव सेयर बजारमा परेको विश्लेषण गरिएको छ। 

प्रकाशित: May 30, 2021| 10:04 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्