शुक्रबार, वैशाख १४, २०८१

उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल

कोरोना भाइरसको संक्रमण भएर अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– कोरोना भाइरसको संक्रमण भएर अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार थापाको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको उनको परिवारका तर्फबाट जारी प्रेस नोटमा उल्लेख छ। अहिले थापाको उपचार मेडिसिटी अस्पतालमा भइरहेको छ। यसअघि उनको ह्याम्स र ग्रान्डी अस्पतालमा उपचार भएको थियो। अवस्था सुधार नभएपछि उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो।

‘अहिले अस्पतालमा ईसीएमओ प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै उपचार भइरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ। उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ,’ आइतबार दिउँसो परिवारका तर्फबाट जारी प्रेस नोटमा उल्लेख छ।
 

प्रकाशित: May 30, 2021| 08:08 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।