शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कहालीलाग्दो गरी जनता मरिरहँदा सरकार असंवैधानिक कर्ममा लिप्त हुनु इतिहासकै दुर्भाग्य : कांग्रेस

कहालीलाग्दो गरी जनता मरिरहँदा सरकार असंवैधानिक कर्ममा लिप्त हुनु इतिहासकै दुर्भाग्य : कांग्रेस

नेपाली कांग्रेसले कोरोना महामारीका कारण कहालीलाग्दो गरी जनताको  मृत्यु भइरहँदा सरकार भने असंवैधानिक कर्ममा लिप्त हुनु इतिहासकै दुर्भाग्य भएको बताएको छ। पोखरामा अक्सिजनको अभावमा सुत्केरी महिलासहित एकसाथ ६ जनाको मृत्युभएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यस्तो टिप्पणी गरेका हुन्। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं- नेपाली कांग्रेसले कोरोना महामारीका कारण कहालीलाग्दो गरी जनताको  मृत्यु भइरहँदा सरकार भने असंवैधानिक कर्ममा लिप्त हुनु इतिहासकै दुर्भाग्य भएको बताएको छ। पोखरामा अक्सिजनको अभावमा सुत्केरी महिलासहित एकसाथ ६ जनाको मृत्युभएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यस्तो टिप्पणी गरेका हुन्। 

triton college

'जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको छ,' प्रवक्ता शर्माको विज्ञप्तिमा उल्लेख छ,'देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो।' सरकारले आफ्नो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाहरुको जिम्मेवार पनि सरकार नै भएको कांग्रेसको ठहर छ।

समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय गर्न सरकार अझै चुकेको भन्दै कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ। सरकारी व्यवस्थापनको कमजोरीका कारण एकसाथ ठुलो संख्यामा जनताको मृत्यु हुनुले राज्यको अकर्मण्यता पुष्टि गरेको र सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सृजना गरेको कांग्रेस विज्ञप्तिमा उल्लेख छ। 

सरकारले मृत्युको तथ्यांक मात्र राखेको आरोप लगाउँदै प्रवक्ता शर्माले लापरबाहीले भएका प्रत्येक मृत्यु सरकारलाई महँगो पर्ने चेतावनीसमेत कांग्रेसले दिएको छ। 

अक्सिजनको अभावमा एकसाथ जिवन गुमाएका ६ नागरिकको मृत शरीर र सुत्केरी आमाको मृत्युपछि असहज स्थिति सामना गरिरहेका नवजात शिशुलाई हेरेर राज्यको कर्तव्य पहिचान र आत्मसात गर्न नेपाली कांग्रेसले प्रधानमन्त्री र नेपाल सरकार आग्रह गरेको छ। 
 

corrent noodles
Metro Mart

प्रकाशित: May 28, 2021| 12:53 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।