शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भेरीका स्वास्थ्यकर्मी कुट्नेलाई हदैसम्मको अपराध मुद्दा चलाउन गाेदानकाे माग

भेरीका स्वास्थ्यकर्मी कुट्नेलाई हदैसम्मको अपराध मुद्दा चलाउन गाेदानकाे माग

सरकारी चिकित्सक संघ (गोदान)ले भेरी अस्पतालको घटनाप्रति भत्सर्ना गरेको छ।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडाैं - सरकारी चिकित्सक संघ (गोदान)ले भेरी अस्पतालको घटनाप्रति भत्सर्ना गरेको छ। कोभिड आईसीयू कक्षमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्दै ज्यान मार्ने प्रयास गरेको भन्दै उक्त घटनाको भत्सर्ना गरेको हो। 

triton college

गोदानका अध्यक्ष डाक्टर रविन खड्का र महासचिव डाक्टर कीर्तिपाल सुवेदीले आज प्रेस विज्ञप्ति जारी गर्दै कोभिड आईसीयू कक्षमा तोडफोड गर्ने, उपचारमा बाधा पुर्‍याउने जस्ता कार्य अमानवीय भएको भन्दै संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। 

विज्ञप्तीमा भनिएको छ, ‘बिरामी पक्षका आफन्तहरूले कानुनी राज्यको धज्जी उडाउँदै हिजो भेरी अस्पतालको कोरोना संक्रमित भर्ना गरिने आईसीयू कक्षमा तोडफोड गरेको, उपचारमा बाधा पुर्‍याउने, त्यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गालीगलाैज गरेको, ज्यान मार्ने प्रयास जस्ताे कुकृत्य र अमानवीय हर्कत भएकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ र सो को भर्त्सना गर्दछौं।’ 

गोदानले अपराधीलाई हदैसम्मको अपराध मुद्दा चलाउन पनि माग गरेको छ। साथै गोदानले गैरजमानती हिरासतको नियम तत्काल लागू गर्न सरकारलाई पुनः स्मरण गराएको छ।

प्रकाशित: May 28, 2021| 07:14 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।