शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाकाे सुनुवाइ सुरु, १५ मिनेटभित्र बहस सक्न निर्देशन

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाकाे सुनुवाइ सुरु, १५ मिनेटभित्र बहस सक्न निर्देशन

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। 

triton college

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले निवेदकका तर्फबाट एक जना मात्र बोल्न र १५ मिनेट भित्रमा बहस सक्न निर्देशन दिएका छन्। अहिले अधिवक्ता सन्तोष भण्डारीले बहस गरिरहेका छन्।

प्रधानन्यायाधीश राणाले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरेका थिए। 

आफ्नो नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा राणाले न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजवहादुर केसी र बमकुमार श्रेष्ठलाई तोकेका छन्। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जेठ ७ गते मध्यरात प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन्। सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन्। ती सबै रिट संवैधानिक इजलासमा नै राखेर आजदेखि सुनुवाइ सुरु भएको हो। 

corrent noodles
Metro Mart

पुस ५ मा प्रतिनिधिसभाको विघटन भएपछि परेका रिटको सुनुवाइका लागि प्रधान्यायाधीश राणाले न्यायाधीशहरु विश्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी संलग्न संवैधानिक इजलास गठन गरेका थिए। 

अहिले गठन भएको इजलासमा उनले विश्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधानमल्लको स्थानमा तीनजना नयाँ न्यायाधीशहरु राखेका हुन्। तेजबहादुर केसीलाई भने अहिले पनि निरन्तरता दिइएको छ।

प्रकाशित: May 28, 2021| 06:26 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।