शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • निफ्रालाई विद्युत व्यापारको अनुमति दिने तयारी, अन्य कम्पनीलाई पनि दिइएला?

निफ्रालाई विद्युत व्यापारको अनुमति दिने तयारी, अन्य कम्पनीलाई पनि दिइएला?

सरकारले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं- सरकारले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अन्तरक्रियामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरिएको जानकारी दिएका हुन्। 

triton college

नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत् व्यापार कम्पनीलाई अनुृमति दिन अस्वीकार गर्दै आएको सरकारले निफ्रालाई भने अनुमति दिन लागेको हो। सहसचिव भेटवालले भने, 'जुन प्रक्रियाबाट निफ्रालाई अनुमति दिइन्छ। त्यसैगरी अन्य कम्पनीलाई पनि अनुमति दिइन्छ।' 

ऊर्जा उद्यमीहरुको लगानीमा विद्युत् व्यापार कम्पनी स्थापना गरिएको छ। प्राधिकरणले समेत विद्युत् व्यापारका लागि छुट्टै कम्पनी स्थापना गरेको छ। सहसचिव भेटवालले प्रतिस्पर्धी रुपमा विद्युत् व्यापारका लागि प्रक्रिया पुगेर आएका आवेदनलाई अनुमति दिइने बताए। 

ऊर्जा उद्यमीले क्षेत्रीय विद्युत् व्यापारका लागि नेपाल पावर एक्सचेञ्ज लिमिटेड सन् २०१८ मा नै स्थापना गरेका थिए। सो कम्पनीमा नेपालका निजी क्षेत्रको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने भारतीय इनर्जी एक्सचेञ्जको १५ प्रतिशत सेयर छ। त्यस्तै आइएफसीको १० प्रतिशत, युनाइटेड ग्रुप बंगलादेशको ५, बैंक तथा वित्तीय संस्थाको १० र आम सर्वसाधारणको १५ प्रतिशत सेयर छ।

कम्पनीले तमोर बेसिनको ५०० मेगावाट बिजुली निर्यातका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ। बंगलादेशसम्म डेडिकेटेड प्रसारण लाइनको निर्माण वा अन्य कुनै संयन्त्रको प्रयोगलाई कम्पनीले जोड दिएको छ।

corrent noodles
Metro Mart

विद्युत् विकास विभागले क्षेत्रीय विद्युत् व्यापारका लागि तत्काल कानुनी प्रबन्ध नभएको भन्दै कम्पनीलाई अनुमति दिएको थिएन। सहसचिव भेटवालले प्रक्रियाअनुसार अब सबै कम्पनीले अनुमति पाउने बताए।

प्रकाशित: May 26, 2021| 16:27 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्