शुक्रबार, वैशाख १४, २०८१

जनता तर्साएर सत्ता टिकाउने खेल भयो : महत

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले महामारीमा टेकेर राजनीतिक गर्ने र जनता तर्साउने काम भएको बताएका छन्।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले महामारीमा टेकेर राजनीतिक गर्ने र जनता तर्साउने काम भएको बताएका छन्। कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि उनले जनता तर्साएर ओली सरकार सत्ता टिकाउन केन्द्रित भएको आरोप लगाए। 

triton college

‘अक्सिजन, बेड र परीक्षणमा ध्यानै छैन,’ उनले भने, ‘आतंक फैलाएर राजनीतिक स्वार्थ सिद्ध गर्ने काम भइरहेको छ।’

उनले बैठकमा राजनीतिक विषय र कोभिडबारे छलफल भएको जानकारी दिए। महाधिवेशनको विषयमा भने छुट्टै बैठकमा यसबारे छलफल हुने उनको भनाइ छ। 

‘सरकार महामारी नियन्त्रण र उपचारमा केन्द्रित होस्, लकडाउनका कारण खान नपाउने तर्फ ध्यान देओस्,’ उनले भने, ‘प्रधानमन्त्री र प्रधानन्यायाधीशको भेट भएको भन्ने सुनेका छौं, सञ्चार जगत्बाट दबाब दिनुपर्छ।’

संक्रमणका बेला सडकमा उत्रने अवस्था नभएको भन्दै उनले भने, ‘सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नागरिक समाज र पार्टी संयन्त्रलाई प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध परिचालन गरिने छ।’

corrent noodles
Metro Mart

प्रकाशित: May 26, 2021| 06:38 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।