शनिबार, वैशाख १५, २०८१

सुर्खेत र कालीकोटमा अक्सिजन सिलिण्डर रिफिलिङ

सुर्खेत र कालीकोटमा अक्सिजन सिलिण्डर भर्ने (रिफिलिङ) को व्यवस्था हुने भएको छ। कर्णाली प्रदेशलाई नै धान्ने गर्ने सुर्खेत र कालीकोटमा अक्सिजन सिलिण्डर रिफिलिङको व्यवस्था गर्न लागिएको हो। 
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

सुर्खेत - सुर्खेत र कालीकोटमा अक्सिजन सिलिण्डर भर्ने (रिफिलिङ) को व्यवस्था हुने भएको छ। कर्णाली प्रदेशलाई नै धान्ने गर्ने सुर्खेत र कालीकोटमा अक्सिजन सिलिण्डर रिफिलिङको व्यवस्था गर्न लागिएको हो। 

triton college

प्रदेश सरकारले सुर्खेतमा अक्सिजन रिफिलिङको व्यवस्थानका लागि लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई १ करोड २० लाख र कालिकोटका लागि स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को बैठकले प्रदेशमा अक्सिजनको दिगो र भरपर्दो आपूर्तिलाई सुनिश्चित गर्नेका लागि दुई सुर्खेतमा र कालीकोटमा रिफिलिङको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवत्ता सीताकुमारी नेपालीले जानकारी दिइन्।

हाल कर्णालीका सुर्खेत र जुम्लामा सानो क्षमताका अक्सिजन रिफिलिङ्को व्यवस्था छैन। ठूलो क्षमताको रिफिलिङको सुविधा नहुँदा कर्णालीका सबै जिल्लामा नेपालगञ्जबाट अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता छ।

त्यस्तै मन्त्रिपरिषद बैठकले प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरूको समयावधि थप गरेको छ। उनीहरूको करार म्याद सकिएका कारण सायावधि असार मसान्तसम्म थप गरिएको हो।

आन्तरिक मामिला, कानून, यूवा तथा खेलकुद मन्त्रीसमेत रहेकी मन्त्री नेपालीका अनुसार रिक्त दरबन्दीमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने निर्णयसमेत भएको छ। कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मी अभाव भएका कारण तत्काल रिक्त दरबन्दीमा जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको हो। हाल प्रदेशमा दरबन्दीको एकचौथायी स्वास्थ्यकर्मी मात्रै कार्यरत छन् । सोमबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु मंगलबार अबेर सार्वजनिक गरिएका हुन्।

corrent noodles
Metro Mart

प्रकाशित: May 26, 2021| 02:21 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।