शनिबार, वैशाख १५, २०८१

कर्णाली खाद्यान्न ढुवानीका लागि साढे २ करोड बजेट

कर्णालीमा खाद्यान्न ढुवानीका लागि करिव साढे २ करोड बजेट छुट्याएको छ। कर्णाली प्रदेश सरकारले ८ हजार ३ सय क्विन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८ हजार रुपैयाँ छुट्याएको हो। 
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

सुर्खेत - कर्णालीमा खाद्यान्न ढुवानीका लागि करिव साढे २ करोड बजेट छुट्याएको छ। कर्णाली प्रदेश सरकारले ८ हजार ३ सय क्विन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८ हजार रुपैयाँ छुट्याएको हो। 

triton college

बर्षेनी खाद्यान्न संकट पर्ने कर्णालीमा यो वर्ष कोरोना महामारीका थप संकट पर्ने आकलन गरिएको छ। तत्कालका लागि मुगु, हुम्ला र डोल्पामा खाद्यान्न ढुवानीका लागि खाद्य प्रविधि तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतलाई उक्त बजेट दिने निर्णय गरेको प्रदेश सरकारका प्रवत्ता सीताकुमारी नेपालीले जानकारी दिइन्।

अनुदान स्वरुप दिइने उक्त बजेट कम्पनीलाई उपलब्ध गराउन सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिएको छ।

त्यस्तै खाद्यान्न कार्यक्रम सञ्चालन भइरहेका कालिकोट र डोल्पामा पनि थप खाद्यान्न खरिद गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। खाद्यान्न खरिदका लागि आवश्यक बजेट स्थानीय तहलाई उपलब्ध गराउन पनि सोही मन्त्रालयलाई स्वीकृति दिएको छ। जिल्लाहरूलाई जिल्ला दररेटका आधारमा कामदारलाई खाद्यान्न वितरण गर्न स्थानीय तहलाई निर्देशन दिएको हो।

कर्णालीमा भोकमरी टार्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालू आर्थिक वर्षमा डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालिकोटका लागि ४१ हजार २०० क्विन्टल खाद्यान्न स्वीकृत गरेको छ। तर कोरोना महामारीका कारण भोकमरी पर्ने डरले डोल्पा, हुम्ला, मुगु र जुम्लामा थप खाद्यान्न माग गरेका छन्। 

corrent noodles
Metro Mart

महामारीका कारण चीनबाट खाद्यान्न आपूर्ति बन्द हुनु र अधिकांश नागरिकहरू गाउँ फर्केपछि डोल्पा, हुम्ला, मुगु र जुम्लाले थप ४० हजार क्विन्टल खाद्यान्न माग गरेका छन्। जसमध्ये मुगुले १८ हजार, हुम्लाले १६, डोल्पा र जुम्लाले ३–३ हजार क्विन्टल खाद्यान्न माग गरेका छन्।

प्रकाशित: May 26, 2021| 02:07 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्