शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बैंकहरूलाई सेयर बजारमा लगानी गर्न कडाई, दिनहुँको रेकर्डमा लाग्न सक्छ लगाम!

बैंकहरूलाई सेयर बजारमा लगानी गर्न कडाई, दिनहुँको रेकर्डमा लाग्न सक्छ लगाम!

सेयर बजार विना कारण उकालो लागिरहेको र यसको असर नकारात्मक पर्ने सम्भावना भएपछि केन्द्रीय बैंकले मंगलबार सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै सेयर कारोबारमा कडाइ गरेको हो। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं- सेयर बजारमा बैंकहरूले लगानी गरेका कारण दिनानुदिन सेयर कारोबार रकम र नेप्से सूचकले रेकर्ड राख्न थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा कडाई गरेको छ। 

triton college

सेयर बजार विना कारण उकालो लागिरहेको र यसको असर नकारात्मक पर्ने सम्भावना भएपछि केन्द्रीय बैंकले मंगलबार सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै सेयर कारोबारमा कडाइ गरेको हो। 

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले कम्पनीको दोस्रो बजारमा सूचीकृत भएका सेयरमा एक वर्षभन्दा कम (अल्पकालीन) समयका लागि लगानी गर्न पाउने छैनन्।  तर सोमबारसम्म लगानी गरेको सेयरको हकमा भने २०७९ असार मसान्तभित्रमा बिक्री गर्न पाइने राष्ट्र बैंकले बैंकहरूलाई गरेको परिपत्रमा उल्लेख छ। 

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत कम्पनीको सेयर खरिद गरेको एक बर्ष नाघिसकेको भए त्यस्ता कम्पनीको सेयर बिक्री गर्दा प्राथमिक पुँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउने व्यवस्था गरिएको छ। यसअघि बैंकहरुले आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतसम्म लगानी गर्न वा बिक्री गर्न पाउने व्यवस्था थियो।

राष्ट्र बैंकको पछिल्लो निर्देशनका कारण बैंकहरूले अल्पकालीन लगानी गरी लाभ लिन नपाउने भएका छन्। अर्कोतर्फ बजारमा पनि ठूलो रकमको सेयर किनबेच हुने र धेरै अंकको उतारचढाव आउने प्रवृत्तिमा कमी आई बजार आफ्नो गतिमा जाने विश्वास राष्ट्र बैंकको छ। 

corrent noodles
Metro Mart

पछिल्लो समयमा अर्थव्यवस्था र आर्थिक गतिविधि राम्रो नभएको र बैंकहरूलाई नाफा देखाउनुपर्ने बाध्यात्मक अवस्थाका कारण उनीहरूले अल्पकालीन लगानीका लागि सेयर बजार रोजेका थिए। बैंकहरू सेयर बजारमा सक्रिय भएपछि बजार तीव्र गतिमा बढिरहेको छ। 

आइतबार मात्रै पुँजीबजारमा १३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। अर्थतन्त्र दिनानुदिन कमजोर हुँदै गइरहेको बेला सेयर बजारमा भने चमक आइरहेको थियो। कोरोना कहरका कारण विभिन्न कम्पनीहरुले राम्रो नाफा कमाएका थिएनन् भने लाभांश पनि राम्रो दिन सक्ने अवस्था थिएन। तर पनि लगानीकर्ताहरू सेयर बजार तर्फ आकर्षित हुनु अस्वाभाविक थियो। सोही अस्वाभाविक वृद्धिलाई रोक्न राष्ट्र बैंकले बैंकहरूलाई दोस्रो बजारमा लगानीको लागि कडाइ गरेको हो। 

अब बैंक तथा वित्तीय संस्थाले एक पटक खरिद गरेको सेयर एक वर्षसम्म बेच्न पाउने छैनन्। यो व्यवस्था वाणिज्य बैंकका साथै विकास बैंक र वित्तीय कम्पनीका हकमा पनि लागू हुने राष्ट्र बैंकले जनाएको छ। 

त्यसैगरी नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न नपाउने व्यवस्था गरिदिएको छ। यसअघि (हिजो सोमबारसम्म) 'घ' वर्गका वित्तीय संस्थाको सेयर खरिद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री गरिसक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रकाशित: May 25, 2021| 11:33 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।