शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विपक्षी गठबन्धनको रिट दर्ता मंगलबार, संसद् विघटनविरुद्धका अन्य रिट दर्ता

विपक्षी गठबन्धनको रिट दर्ता मंगलबार, संसद् विघटनविरुद्धका अन्य रिट दर्ता

प्रतिनिधिसभा पुनःस्थापनासहित विभिन्न चारवटा माग गर्दै विपक्षी गठबन्धनका सांसदहरुले दिएको रिट भोलि मंगलबारमात्रै दर्ता हुने भएको छ। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– प्रतिनिधिसभा पुनःस्थापनासहित विभिन्न चारवटा माग गर्दै विपक्षी गठबन्धनका सांसदहरुले दिएको रिट भोलि मंगलबारमात्रै दर्ता हुने भएको छ। 

triton college

यद्यपि सर्वोच्च अदालत प्रशासनका अनुसार ती रुजु भएर दर्ता प्रक्रियामा भने गइसकेका छन्। सांसदहरुको संख्या धेरै भएकाले आज सबै रुजु गर्न नभ्याइएको अदालतले जनाएको छ। केही सांसदहरुको हस्ताक्षर सनाखत गर्नुपर्ने काम भने बाँकी रहेकाले पनि आज दर्ता हुन नसकेको हो। 

सर्वोच्चका रिट महाशाखा प्रमुख बाबुराम दाहालले मंगलबार दर्ता भएपछि पेशीको टुंगो लाग्ने बताए। ‘दर्ता प्रक्रियामा गइसकेको छ। भोलि कम्प्युटर इन्ट्री गरेर दर्ता गर्ने काम हुन्छ,’उनले भने। 

सर्वोच्च अदालतमा दलका सांसद र कानुन व्यवसायीका २४ वटा र प्रधानमन्त्रीसँग सम्बन्धित ४ वटा रिट निवेदन पेश भएका छन्। यी रिटमा २४ वटा प्रतिनिधिसभा पुनःस्थापना लगायतका मागहरु राखेर पेश भएका रिटहरु हुन् भने ४ वटा रिट समयमा नै निर्वाचनको माग राखिएका रिट हुन्। 

प्रतिनिधिसभा पुनःस्थापनाका लागि १५ वटा सामान्य इजलास र ९ संवैधानिक इजलासतर्फका रिट छन्। १४६ जना सांसदमध्ये १३९ जना आफैं उपस्थित भएका थिए भने ७ जनाले प्रतिनिधि पठाएका थिए। 

corrent noodles
Metro Mart

विपक्षी गठबन्धनका सांसदहरुले रिटमा जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीसामु पेश गरिएको हस्ताक्षरको आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

प्रकाशित: May 24, 2021| 13:05 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।