बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वैदेशिक रोजगार बोर्डले १९ सय ३७ जनालाई छात्रवृत्ति दिने

वैदेशिक रोजगार बोर्डले १९ सय ३७ जनालाई छात्रवृत्ति दिने

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका, अंगभंग, अशक्त र बेपत्ता भएका श्रमिकका छोराछोरीलाई शैक्षिक सहायता प्रदान गर्ने भएको छ। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका, अंगभंग, अशक्त र बेपत्ता भएका श्रमिकका छोराछोरीलाई शैक्षिक सहायता प्रदान गर्ने भएको छ। 

triton college

बोर्डका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको करार अवधिभित्रमा मुत्यु भएमा बोर्डबाट आर्थिक सहायता लिएका कामदारका बालबच्चाहरुलाई छात्रवृत्ति दिइनेछ।

मृतकका २ अथवा ३ बच्चालाई सरकारी वा निजी जुनसुकै स्कुलमा पढे पनि नर्सरीदेखि ८ कक्षासम्म वार्षिक ८ हजार रुपैयाँ र ९ देखि १२ कक्षासम्म वार्षिक १२ हजार रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ। बोर्डले यसै शैक्षिक सत्र २०७८ मा ५२ जिल्लाका १९ सय ३७ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

अघिल्लो वर्ष निकालेको सूचनामा ७४ जिल्लाबाट २६ सय वटा निवेदन प्राप्त भएकोमा अहिलेसम्म ५२ जिल्लाका १९ सय ३७ जना छात्रवृत्ति पाउन योग्य भएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताए। श्रेष्ठका अनुसार १९ सय ३७ जनालाई छात्रवृत्ति दिन एक करोड ५८ लाख २ हजार रुपैयाँ लाग्ने र त्यो रकम सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई पठाउने तयारी भइरहेको छ।
 

प्रकाशित: May 24, 2021| 12:23 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।