शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • खुफिया एजेन्सीको खुलासा– कोरोना भाइरस फैलिनुअघि वुहान ल्याबका शोधकर्ता बिरामी परेका थिए

खुफिया एजेन्सीको खुलासा– कोरोना भाइरस फैलिनुअघि वुहान ल्याबका शोधकर्ता बिरामी परेका थिए

खुफिया एजेन्सीको रिपोर्टलाई लिएर बाइडेन प्रशासन पनि गम्भीर भएको अमेरिकी अखबारले लेखेको छ। अमेरिकी सुरक्षा परिषद्का प्रवक्ताले अखबारमा प्रकाशित खबरबारे कुनै टिप्पणी गर्न चाहेनन् तर उनले भने, ‘कोरोना भाइरस उत्पत्ति र फैलावटबारेको अनुसन्धानमा अमेरिकी सरकार गम्भीर छ।’
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– अमेरिकाको एउटा खुफिया एजेन्सीले कोरोना भाइस देखा पर्नु एक महिनाअघि चीनको वुहान ल्याबका तीन जना शोधकर्ता बिरामी भएको दाबी गरेको छ। 

triton college

अमेरिकी अखवार वाल स्ट्रिट जर्नलका प्रकाशित समाचारअनुसार वुहान इन्स्टिच्युट अफ भायरोलोजीका तीन शोधकर्ता नोभेम्बर २०१९ मा बिरामी भएका थिए र उनीहरुले अस्पतालको मद्दत मागेका थिए। 

उक्त खुफिया रिपोर्टमा वुहान ल्याबका बिरामी शोधकर्ताको संख्या, उनीहरु बिरामी भएको समय र अस्पताल गएको समय आदिबारे विस्तृत विवरण समेटिएको छ। वुहान ल्याबबाट कोरोना भाइरस फैलिएको आशंकालाई यो रिपोर्टले बल दिएको छ। यो रिपोर्ट डब्लुएचओको बैठक बस्न एक दिनअघि सार्वजनिक भएको छ। मे २५ मा बस्ने डब्लुएचओको बैठकमा कोरोना भाइरसको उद्गमबारे अर्को चरणको छानबिनबारे छलफल हुने बताइएको छ। 

खुफिया एजेन्सीको रिपोर्टलाई लिएर बाइडेन प्रशासन पनि गम्भीर भएको अमेरिकी अखबारले लेखेको छ। अमेरिकी सुरक्षा परिषद्का प्रवक्ताले अखबारमा प्रकाशित खबरबारे कुनै टिप्पणी गर्न चाहेनन् तर उनले भने, ‘कोरोना भाइरस उत्पत्ति र फैलावटबारेको अनुसन्धानमा अमेरिकी सरकार गम्भीर छ।’

यसअघि डब्लुएचओको एउटा टोली कोरोना महामारीसँग जोडिएका तथ्य संकलन गर्न भनेर वुहान गएको थियो। वुहान ल्याबबाट नै कोरोना विश्वभर फैलिएको भन्ने कुरा सावित गर्न पर्याप्त तथ्य अहिलेसम्म फेला परेको छैन। चीनले डब्लुएचओलाई सहयोग नगरेको र वुहान ल्याबसम्बन्धी तथ्यहरु लुकाएको आरोप चीनमाथि लाग्ने गरेको छ।

corrent noodles
Metro Mart

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई वुहान भाइरस, चिनियाँ भाइरस बताउने गरेका छन् भने यसलाई लिएर चीन सरकारले आपत्ति जनाउँदै आएको छ। 

२०१९ डिसेम्बरमा चीनको वुहान सहरमा उत्पत्ति भएको भनिएको कोरोना भाइरस (पछि कोभिड–१९ नामकरण गरिएको) बाट विश्वभर १६ करोड ७५ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। यीमध्ये ३४ लाख ७८ हजारको ज्यान गइसकेको छ। अहिले पनि १ करोड ५५ लाखभन्दा बढी सक्रिय संक्रमित छन्। यीमध्ये ९६ हजार ९७७ जना गम्भीर अवस्थाका बिरामी छन्। 

कोरोनाबाट सबैभन्दा बढी प्रताडित अमेरिकामा ३३ करोड ८९ लाख संक्रमित हुँदा ६ लाख ४ हजारको मृत्यु भएको छ। दोस्रोमा भारत छ जहाँ २६ करोड ७५ लाख संक्रमित हुँदा ३ लाखभन्दा बढीको ज्यान गएको छ। तेस्रो, चौथो र पाँचौंमा क्रमशः ब्राजि, फ्रान्स र टर्की छन्।

प्रकाशित: May 24, 2021| 02:55 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।