शनिबार, वैशाख १५, २०८१

महोत्तरीमा जेठ २० गतेसम्मका लागि निषेध आदेश बढाइयो 

महोत्तरीमा जारी निषेध आदेश जेठ २० गतेसम्मका लागि बढाइएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

जनकपुरधाम– महोत्तरीमा जारी निषेध आदेश जेठ २० गतेसम्मका लागि बढाइएको छ। आइतबार जिल्ला कोभिड व्यवस्थापन समिति महोत्तरीको बसेको बैठकले जेठ २० गते सम्मका लागि निषेध आदेश बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिएका छन्।  

triton college

प्रजिअ भट्टराईले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम सोमबार राति १२ बजेदेखि जिल्लाभर निषेध आदेश लगाइएको बताए। महोत्तरीमा वैशाख २२ गतेदेखि निषेधाज्ञा लगाइएको छ।

निषेध आदेशको अवधिमा निजी तथा सार्वजनिक सवारीसाधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका बन्द रहनेछन्। स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, बैक तथा वित्तिय संस्थालगायत अत्यावश्यक क्षेत्रका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने छ।

खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ। वैवाहिक कार्यक्रममा भने डिजे तथा ब्याण्ड बाजालाई बजाउनमा रोक लगाइएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र भौतिक दुरी कायम गरी बढीमा १० जनामा  सिमित गर्ने निर्णय गरिएको छ।

प्रकाशित: May 23, 2021| 13:23 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।