शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बहुमत सदस्यसहित सर्वोच्च जान्छौं, संसद् पुनःस्थापना हुन्छ : दाहाल

बहुमत सदस्यसहित सर्वोच्च जान्छौं, संसद् पुनःस्थापना हुन्छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुमत सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दर्ता गरिने बताएका छन्।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुमत सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दर्ता गरिने बताएका छन्। शनिबार नयाँबानेश्वरमा संयुक्त बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक रहेकाले त्यसको कडा प्रतिवाद गरिने बताए। 

‘कानुनी रुपले १४९ जना बहुमत सांसदहरुको हस्ताक्षरसहित सर्वोच्चमा जान्छौं,’ उनले भने, ‘हिजो संसद् विघटन हुँदा जसरी प्रतिवाद भयो। अदालतले बहुमत सांसदहरुको हस्ताक्षरसहित रिट निवेदन लिएर गइसकेपछि पुनः संविधानको रक्षा गर्नेछ।’ अदालतले फेरि एकपटक संविधानका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको भन्दै उनले यसअघि नै त्यो प्रमाणित भइसकेको बताए।

‘कोरोना महामारी नियन्त्रणमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्ने बेलामा निरंकुश र तानाशाही प्रवृत्तिविरुद्ध प्रतिवाद गर्नुपर्ने अवस्था आएको छ, ’उनले भने, ‘स्थानीय तहसम्म नै यो कदमविरुद्ध कडा प्रतिवाद सुरु हुनेछ।’

प्रकाशित: May 22, 2021| 08:46 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।