शनिबार, वैशाख १५, २०८१

सरकार गठनका लागि दलहरू दौडधुपमा

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिन केही घण्टा बाँकी हुँदा दलहरु आन्तरिक छलफलमा जुटेका छन्।  
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिन केही घण्टा बाँकी हुँदा दलहरु आन्तरिक छलफलमा जुटेका छन्।  

triton college

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ भने माओवादी केन्द्रका नेताहरु सिंहदरबारमा आन्तरिक छलफलमा छन्। 

नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरु पनि सिंहदरबारमै छलफलमा छन्। बैठकले परिस्थिति हेरेर निर्णय गर्ने जिम्मा नेता नेपाललाई दिएको छ। सिंहदरबारमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए।

‘संसदको समय बाँकी छँदै मुलुक चुनावमा नजाओस् भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘त्यसैअनुसार छलफल भएको छ। बहुमत पुर्याएर दाबी गर्ने कुरा नै छ।’ संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरुको तर्फबाट खेल्नुपर्ने आवश्यक भूमिका खेल्ने निर्णय भएको उनले जानकारी दिए।

‘अहिले कोरोनामा महामारीले देश थिलोथिलो भएको छ। चुनावमा जाने कुरो कुनै पनि हालतमा आउन दिनु हुँदैन,’ उनले भने, ‘अन्य दलहरुसँग छलफल भइरहेको छ। अहिलेको परिस्थितिमा आवश्यक निर्णय लिइने छ।’

corrent noodles
Metro Mart

आजै नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि बसेको थियो। त्यसपछि कांग्रेसको पहलमा सर्वदलीय बैठक बस्यो। 

जसपाले पनि संसदीय दलको बैठक बसेको थियो। बैठकमा उपेन्द्र–बाबुराम पक्षका सांसद भने उपस्थित थिएनन्। 
जसपाले भोलि र पर्सीका लागि कार्यकारिणी समितिको बैठक डाकेको छ।

एमालेको संस्थापन (ओली) पक्षको भने कुनै बैठक बसेको छैन। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले आफ्नो निवास बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलन भर्खरै सकिएको छ। राष्ट्रपतिले दिएको समयसीमाभित्र आफूले पनि प्रधानमन्त्रीको दाबी गर्ने आशय उनले व्यक्त गरेका छन्। पत्रकारले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

‘प्रतिनिधिसभाको सदस्यको हिसाबमा मैले दाबी गर्न सक्छु। मसँग १२१ मतभार छ। त्यही भएर अलि सजिलो होला कि। समर्थन पाए र भरपर्दो आधार लागे राष्ट्रपतिले मलाई प्रधानमन्त्री बनाउनुहुन्छ,’ उनले भने। उनले फेरि आफू प्रधानमन्त्री बने एक महिनाभित्र विश्वासको मत लिने बताए। ‘सरकार बनाएँ भने एक महिनाभित्र विश्वासको मत लिनेछु। त्यसबेला पनि विश्वासको मत दिएन भने संसद् विघटन गर्यो भन्न पाइने छैन।’ 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिएकी छन्। 

प्रकाशित: May 21, 2021| 08:44 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।