सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • भारतमा सलह प्रकोपको सम्भावना, नेपालमा के छ पूर्वतयारी?

भारतमा सलह प्रकोपको सम्भावना, नेपालमा के छ पूर्वतयारी?

इरान, पूर्वी पाकिस्तान हुँदै भारतमा सलह प्रकोप बढ्न सक्ने सम्भावना औंल्याइए पनि नेपाल आउने सम्भावना न्यून रहेको भन्दै सरकारी निकायले कुनै तयारी गरेकाे छैन।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

इरान, पूर्वी पाकिस्तान हुँदै भारतमा सलह प्रकोप बढ्न सक्ने सम्भावना औंल्याइए पनि नेपाल आउने सम्भावना न्यून रहेको भन्दै सरकारी निकायले कुनै तयारी गरेकाे छैन।

triton college

काठमाडौं- भारतमा यस वर्ष पनि सलह कीराको प्रकोपकाे सम्भावना छ देखिएकाे छ। इरान, पूर्वी पाकिस्तान हुँदै भारतमा सलह प्रकोप बढ्न सक्ने सम्भावना विज्ञहरूले औंल्याएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

इन्डिया टीभीका अनुसार राजस्थानमा सलह प्रकोपको सम्भावना रहेकाले भारतको कीट नियन्त्रण विभागले सतर्कता अपनाउन निर्देशन दिएको छ। सलहको प्रकोपबाट जोगिन सलह धपाउने र आपसमा समन्वय गर्न भारतको कीट नियन्त्रण विभागले निर्देशन दिएको हो। 

यसअघि संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन (एफएओ)ले गत १७ मेमा सूचना जारी गर्दै दक्षिण-पश्चिम इरानमा सलहको केही झुण्ड रहेको र त्यहाँबाट पूर्वी पाकिस्तानतर्फ आउने सम्भावना रहेको औंल्याएको थियो। 

पाकिस्तान भएर केही झुण्ड भारतका सीमावर्ती जिल्लामा पुग्न सक्ने समेत एफएओले औंल्याएकाले भारतको कीट नियन्त्रण विभागले सतर्कता अपनाउन निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

corrent noodles
Metro Mart

नेपालमा के छ सतर्कता?

गत वर्ष भारतको राजस्थान हुँदै नेपाल आएका सलह कीराले कृषिबालीमा क्षति गरेको थियो। इरान, पाकिस्तान, भारतको राजस्थान हुँदै नेपाल छिरेको सलहले केही समय किसानमा त्रास सिर्जना गरेको थियो। तर, यस वर्ष आउने सम्भावना न्यून रहेको नियामक प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ। 

केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले आफूहरूले निगरानी गरिरहेको भन्दै तत्काल नेपाल प्रवेशको सम्भावना न्यून रहेको जानकारी दिए। ‘निगरानी गरिराखेका छौं। अहिले त्यस्तो खतराचाहिँ छैन,’ सुवेदीले भने, ‘इरान, पाकिस्तानबाट आएको भन्दा पनि राजस्थानमै भएकोले हामीलाई असर गर्ने हो।’ इरान, पाकिस्तान हुँदै आएका सलह बाडिँदै जाने भएकाले नेपाल आइपुग्ने सम्भावना न्यून रहेको सुवेदीको भनाइ छ। 

सलह आइहाले धपाउने, लखेट्ने, हल्ला गरेर कृषिबालीमा बस्नै नदिने जस्ता उपाय अपनाउन आग्रह

‘उताबाट आएका त, त्यतै डिस्ट्रीब्युट भएर त्यतै सकिन्छन्,’ सुवेदीले भने, ‘राजस्थान र हाम्रो दूरी नजिक भएकाले त्यो मोबिलाइज भएर भारतको उत्तर प्रदेश, मध्यप्रदेशतिर आयो भने मात्रै हामी सतर्क हुने हो।’ तुरुन्तै आउने सम्भावना नरहेको भन्दै राजस्थानमा अहिले सलह नभएको उनले बताए। 

सलहको ‘जेनेरेसन’ तयार हुन डेढदेखि दुई महिना लाग्ने भएकाले तत्काल सलहको डर नरहेको सुवेदी बताउँछन्। गत वर्ष सलहले गरेको क्षति धेरै ठूलो नभएको भन्दै नेपालको मौसमले सलहलाई साथ नदिएको सुवेदीको दाबी छ।

सलह आइहाले किसानले धपाउने, लखेट्ने, हल्ला गरेर कृषिबालीमा बस्नै नदिने जस्ता उपाय अपनाउन सुवेदीले आग्रह गरे। ‘चिसो मौसमका कारण पनि सलह मरिहाल्छ। त्यति क्षति गर्न पाउँदैन,’ सुवेदीले भने। गत वर्ष चिसोकै कारण बागलुङ लगायत ठाउँमा सलह मरेको र धेरै क्षति गर्न नपाएको सुवेदीको भनाइ छ। 

प्रकाशित: May 22, 2021| 00:34 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्