शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बाँकी रहेको कोभिसिल्ड खोप दोस्रो डोज छुटेका फ्रन्टलाइनरलाई

बाँकी रहेको कोभिसिल्ड खोप दोस्रो डोज छुटेका फ्रन्टलाइनरलाई

सरकारले कोभिडविरुद्धको मौज्दात रहेको खोप कोभिसिल्ड खोप प्राथमिकतामा परेका तथा दोस्रो मात्रा लगाउन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई दिने निर्णय गरेको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– सरकारले कोभिडविरुद्धको मौज्दात रहेको खोप कोभिसिल्ड खोप प्राथमिकतामा परेका तथा दोस्रो मात्रा लगाउन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई दिने निर्णय गरेको छ।

triton college

२३ फागुनअघि पहिलो प्राथमिकतामा परी खोप लगाएका तर दोस्रो मात्रा लिन छुट भएका व्यक्तिले समेत अब खोप पाउनेछन् । 

स्वास्थ्य सेवा विभागले पहिलो प्राथमिकतामा परेका दोस्रो मात्रा लिन छुट भएका व्यक्तिहरुलाई जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिबाट निर्णय गरी उपयुक्त समय निर्धारण गरी खोप सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। बुधबार व्यवस्थापन महाशाखा टेकुले, सातै वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति केद्र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेख्दै विभागले उक्त निर्देशन दिएको हो ।

अहिलेसम्म नेपालमा कोभिसिल्ड र भेरोसेल गरी पहिलो मात्रा खोप लिनेको संख्या २१ लाख बढी छ। दोस्रो मात्रा लिनेको संख्या ७ लाख नाघेको छ। अहिले विभिन्न जिल्ला तथा प्रदेशमा कोभिशिल्ड खोप ९० हजार हाराहारीमा मौज्दात छ।

प्रकाशित: May 20, 2021| 12:04 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।