शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको खोप अचानक आउनेछ : स्वास्थ्यमन्त्री त्रिपाठी 

कोरोनाको खोप अचानक आउनेछ : स्वास्थ्यमन्त्री त्रिपाठी 

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप नेपालमा अचानक आउने बताएका छन्।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप नेपालमा अचानक आउने बताएका छन्। मन्त्री त्रिपाठीले बुधबार बीबीसी नेपाली सेवासँग भने, ‘खोप ल्याउनका लागि अमेरिका, बेलायत र रुससँग गहन पहल भइरहेको छ। सकारात्मक उत्तर आएका छन्। कतिपय देशसँग प्रक्रिया नजिक पुगिसकेको अवस्था छ।’

triton college

उनले कहिलेसम्म आइुपग्छ भन्नेमा केही बताउन चाहेनन्। मन्त्री त्रिपाठीले भने, ‘उचित समयमा प्राप्त गर्छौं। आइसकेपछि आइहाल्छ। सबै कुरा सार्वजनिक गर्नु जरुरी हुन्छ र? अचानक नै आउँछ। यो भनेको छिटो र ढिलो दुवै होइन।’  मन्त्री त्रिपाठीले यसअघि पनि खोप अचानक आएको बताए उनले भने, ‘अब पनि अचानक नै आउनेछ। त्यसमा चिन्ता जनाउन पर्दैन।’

कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएपछि चुनौतीपूर्ण रहेको उनको भनाइ छ। उनले भने, ‘अहिले बाहिरबाट संक्रमण भित्रन दिएका छैनौं। समुदायमा फैलिएको संक्रमणमा उपचार केन्द्रित छौं।’ मन्त्री त्रिपठीले अस्पतालहरुमा आईसीयू र भेन्टिलेटर पर्याप्त मात्रामा थपिएरहेको बताए। यस्तै सरकारी अस्पतालहरुमा एक वर्षसम्म करारमा जनशक्ति थप्न स्वीकृति दिएको बताए। उनले भने, ‘अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएका छौं। अस्पतालहरुमा अक्सिजनकाे पर्याप्त उपलब्ध छ।’

सरकारले भारतसँग खरिद गरेको १० लाख खोप अझै आउन सकेको छैन भन्ने अन्य खोप कहिले आउने अन्योलमा छ। 

प्रकाशित: May 19, 2021| 15:53 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।