शनिबार, वैशाख १५, २०८१

७४ जिल्लामा निषेध आदेश, थप सचेत हुन सरकारको आग्रह

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी आदेशको प्रभावकारी कार्यान्वयन र  असहज परिस्थितिलाई सहज तथा सामान्य तुल्याउनु अझै अत्यावश्यक रहेकाले थप सचेत हुन नागरिकसँग अनुरोध गरेको छ। 
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– मुलुकका ७४ जिल्लामा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेध आदेश र सरकारद्धारा यसको रोकथाम, उपचार तथा नियन्त्रणका सन्दर्भमा दिइएका निर्देशन कार्यान्वयनको अवस्था सन्तोषजनक देखिएको गृह मन्त्रालयले जनाएको छ।

triton college

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी आदेशको प्रभावकारी कार्यान्वयन र  असहज परिस्थितिलाई सहज तथा सामान्य तुल्याउनु अझै अत्यावश्यक रहेकाले थप सचेत हुन नागरिकसँग अनुरोध गरेको छ। 

मंगलबारसम्म चार जिल्लामा आंशिकसहित मुलुकका ७४ जिल्लामा आदेश कार्यान्वयनमा छ । मनाङ, खोटाङ र तेह्रथुम जिल्लामा आदेश जारी गरिएको छैन। 

मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा अत्यावश्यक सेवा प्रवाहका लागि आवश्यकतानुसार सवारी साधन सञ्चालन गरिएको र आवश्यक अक्सिजन आपूर्ति सकेसम्म सहज बनाइएको उल्लेख छ।  अक्सिजन उत्पादन, आपूर्ति तथा वितरण प्रणाली भरपर्दो, पारदर्शी र न्यायसंगत  तुल्याउन अक्सिजनसँग सम्बन्धित उद्योगमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन ३३ स्थानमा डेडिकेटेड सुरक्षा टोली खटाइएको मन्त्रालयको भनाइ छ। 

प्रकाशित: May 18, 2021| 16:13 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।