शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महन्थपछि उपेन्द्रको काउन्टर पत्र : दलको नेता चयन भएको छैन

महन्थपछि उपेन्द्रको काउन्टर पत्र : दलको नेता चयन भएको छैन

जसपा संसदीय दलको नेता चयन भएको सम्बन्धी अध्यक्ष महन्थ ठाकुरले संसद सचिवालयमा पत्र पठाएलगत्तै अर्का अध्यक्ष उपेन्द्र यादवले पनि काउन्टर पत्र पठाएका छन्।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– जसपा संसदीय दलको नेता चयन भएको सम्बन्धी अध्यक्ष महन्थ ठाकुरले संसद सचिवालयमा पत्र पठाएलगत्तै अर्का अध्यक्ष उपेन्द्र यादवले पनि काउन्टर पत्र पठाएका छन्। आजै दुई अध्यक्षबीच पार्टी एकताको आह्वान भएको संयुक्त वक्तव्य आएको केहीबेरमा नै पत्रयुद्ध शुरु भएको हो।

triton college

महन्थ ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाए लगत्तै उपेन्द्रले यादवले पनि संघीय संसद सचिवालयलाई पत्र लेखेर कुनै दलको नेता चयन नभएको प्रष्ट पारेका छन्।

‘जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधान २०७७ को धारा २८ को उपधारा (२) मा पार्टीको संघीय संसदीय दलको आफ्नै विधान हुने र उपधारा (३) मा केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदन हुनुपर्ने व्यवस्था भएकोमा हालसम्म पार्टीको संसदीय दलको विधान नबनेको र केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन पनि नभएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’उनले पठाएको पत्रमा भनिएको छ।

यादवले पार्टीको संसदीय दलको बैठक बसी नेता चयन भएको भनी केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण प्रचार भएकाले संसदीय दलको विधान समेत पारित नभएको अवस्थामा कसैले संसदीय दलको नेता चयन भएको भनी सचिवालयमा जानकारी दिएको भए त्यस्ता अवैधानिक कार्यलाई मान्यता प्रदान नगर्न अनुरोध गरेका छन्।

प्रकाशित: May 18, 2021| 11:26 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।