शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय सहमति वा आफ्नै नेतृत्व भएमात्रै जसपा सरकारमा जाने

राष्ट्रिय सहमति वा आफ्नै नेतृत्व भएमात्रै जसपा सरकारमा जाने

जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना अध्यक्षले विज्ञप्ति जारी गर्दै तत्काल पार्टी सरकारमा सहभागी नहुने जनाएका छन्।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना अध्यक्षले विज्ञप्ति जारी गर्दै तत्काल पार्टी सरकारमा सहभागी नहुने जनाएका छन्।

triton college

‘जसपा नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत् कायम रहनेछ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ,’ अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, जातीय, वर्गीय, लैङ्गिक विभेद र असमानतालाई अन्त्य गरी समानता, स्वतन्त्रता, सामाजिक न्याय र समाजवादसहितको लक्ष्य प्राप्तिका लागि मुलुकमा नयाँ वैकल्पिक लोकतान्त्रिक राजनीतिक शक्ति निर्माणको प्रक्रियामा जसपा रहेको विज्ञप्तिमा उल्लेख छ।

हालै प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावमाथि पार्टीको पदाधिकारी बैठकद्वारा सहमति गरी आपसी समझदारीकै आधारमा सांसदहरूलाई आ–आफ्नो स्वविवेक प्रयोग गर्दै प्रस्तावको विरुद्ध मत दिने वा तटस्थ बस्ने अवसर प्रदान गरिएको अध्यक्षद्वयले बताएका छन्।

‘तर यस अवसरलाई दुरूपयोग गरी पार्टीका केही नेतृत्वहरूबाट नै गुटउपगुट खडा गर्ने र पार्टीभित्र गुटबन्दी गरी अराजक कियाकलाप गर्दै आ–आफ्नो पक्ष खडा गरी सञ्चार माध्ययमहरूमा समेत दिइएका गैरराजनीतिक, गैरजिम्मेवार अभिव्यक्तिहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यस्ता गतिविधिहरू पार्टी एकता, अनुशासन, आचारसंहिता एवम् पार्टी कार्यपद्धतिका प्रतिकूल रहेका छन्। यस प्रकारका कार्य, अभिव्यक्ति एवम् गतिविधिलाई तुरून्त बन्द गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

corrent noodles
Metro Mart

पार्टीभित्रका गतिविधिहरू पार्टीको विधान, विधि, प्रक्रिया र संगठनात्मक कार्य प्रणाली अनुरूप हुने गरी गरिनुपर्ने ठाकुर र यादलवले बताएका छन्। समायोजन हुन नसकेका विभिन्न स्तरका पार्टी संगठन, भ्रातृ संगठन लगायत संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई पार्टी विधान, समायोजन सम्बन्धी निर्देशिका र पार्टीले गरेको निर्णयहरूको आधारमा यथाशिघ्र सम्पन्न गर्दै एकताबद्ध, अनुशासित एवम् सुदृढ पार्टी संगठन निर्माण गर्नुपर्नेमा उनीहरुको जोड छ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आफू संगठित रहेको पार्टी संगठन भित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर नै समस्याहरुको समाधान गर्नु पर्दछ। पार्टीभित्र कसैले व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि गुटबन्दी गर्ने, गुटउपगुट खडा गर्ने, पार्टी नेताहरूका विरूद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने क्रियाकलाप , विचार प्रकृतिहरूलाई अन्त्य गरी पार्टीलाई एकताबद्ध राख्नुपर्छ।’

पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन सम्पूर्ण पार्टी नेतृत्व वर्ग, पार्टी सदस्यहरू, शुभचिन्तक एवम् शुभेच्छुकहरूमा अध्यक्षद्वयले अनुरोध पनि गरेका छन्।

प्रकाशित: May 18, 2021| 08:03 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।