शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बादलको जितका लागि निर्णायक माधव–झलनाथ पक्ष भन्छ- देवकोटालाई धोका हुँदैन

बादलको जितका लागि निर्णायक माधव–झलनाथ पक्ष भन्छ- देवकोटालाई धोका हुँदैन

नेपाल पक्षलाई यतिखेर नैतिक संकट देखिएको छ। ‘उम्मेदवारी दर्ता गर्ने बेला र अहिलेको परिस्थिति केही फरक भएको छ,’ नेता नेपाल निकट स्रोत भन्छ, ‘के गर्ने भन्ने समस्या देखियाे।’
 |  मंगलबार, जेठ ४, २०७८

बीपी अनमोल

बीपी अनमोल

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - जेठ ६ गते बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनमा तीनजना प्रतिस्पर्धी छन्। नेकपा एमालेले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा 'बादल'लाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा एमालेकै माधव नेपाल निकट डा. खिमलाल देवकोटा उम्मेदवार छन्। उनलाई जसपाको (उपेन्द्र–बाबुराम) पक्षको पनि समर्थन छ। नेमकिपाका कृष्णबहादुर तामाङ पनि उम्मेदवार छन्।

triton college

बागमती प्रदेशमा नेकपा एमालेको एकल बहुमत छ। तर उम्मेदवारी दर्ता गर्ने समयको परिस्थिति नेकपा एमालेभित्र फरक थियो। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध समानान्तर रुपले अघि बढेको एमालेको असन्तुष्ट माधव नेपाल पक्षका देवकोटालाई विपक्षी गठबन्धनले साझा उम्मेदवारका रुपमा अघि सारेका हुन्।

अहिले एमालेभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन भएको छ। नेपाल पक्षले उठाउँदै आएको मागमा ओली केही लचक देखिएपछि नै कार्यदल बनेको हो। यो अवस्थामा अब बागमती प्रदेश राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेको आधिकारिक उम्मेदवार बादलको पक्षमा सिंगो मतदान हुन्छ वा के हुन्छ भन्ने अन्योल छ।

नेपाल पक्षलाई यतिखेर नैतिक संकट देखिएको छ। ‘उम्मेदवारी दर्ता गर्ने बेला र अहिलेको परिस्थिति केही फरक भएको छ,’ नेता नेपाल निकट स्रोत भन्छ, ‘के गर्ने भन्ने समस्या देखियाे।’

ती नेताका अनुसार अहिले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कसले कसलाई भोट हाल्ने भन्दा पनि पार्टीलाई अदालतको फैसला नुसार पूर्ववत रुपमा लग्ने नै मुख्य कार्यभार हो। ‘हामीले भनेको एमालेले त बादलजीलाई उम्मेदवार घोषणा गरेको होइन,’ उनले भने, ‘मतदाताले विवेकअनुसार मतदान गर्छन्।’

corrent noodles
Metro Mart

ओलीलाई पराजित गर्नकै लागि नेपालको आग्रहमा बागमतीमा कांग्रेस र माओवादी केन्द्रले देवकोटालाई साझा उम्मेदवारका रुपमा अघि सारेका थिए। गत बिहीबार ओली र नेपालबीच भएको सघन वार्ताले आन्तरिक विवाद समाधानको दिशातर्फ अघि बढेको छ। यस अवस्थामा यसअघिको सहमतिअनुसार देवकोटालाई मत दिने कि पार्टीको ह्विपअनुसार बादललाई मतदान गर्ने भन्ने द्धिविधा माधव–झलनाथ पक्षमा देखिएको छ।

एमालेले बादल’ लाई मत दिन ह्विप जारी गरेको छ। महासचिव ईश्वर पोखरेलले प्रदेससभा सदस्य र बागमती प्रदेशअन्तर्गतका स्थानीय तहका प्रमुख र उप्रमुखका नाममा एउटै व्यहोराको पत्र पठाएका छन्। पत्रमा बादल एमाले उम्मेदवार रहेको र उनका पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।

माधव नेपाल निकट एक प्रभावशाली नेता राष्ट्रियसभाका सन्दर्भमा पहिले भएको सहमितअनुसार नै अगाडि बढ्ने बताउँछन्। 

‘पार्टीले ह्विप पनि जारी गरेको छ। कांग्रेस, माओवादीसँग सहमति भएको विषय हो। उहाँ कुनै पार्टीको भन्दा पनि स्वतन्त्र उम्मेदवार हाे,’ उनले भने,‘कतिपय पहिले भएका सहमित भत्काउने कुरा त गाह्रो हुन्छ। उम्मेदवारी दर्ता नभएको भए एउटा कुरा हुन्थ्यो। गोप्य मतदान भएकाले कसलाई हाल्यो भन्ने कुरो पनि हुँदैन।’

उनले आफूहरु निकटकाले राष्ट्रियसभा सदस्य पदका उम्मेदवार डा. देवकोटालाई भोट हाल्ने बताए। तर, पार्टीभित्र अहिले नयाँ स्थिति आएको अवस्थामा ककसको मनस्थिति के बनेको छ त्यो व्यक्ति–व्यक्तिमा फरक पर्ने र त्यसैअनुसार मतदान हुने उनी बताउँछन्। उनले देवकाटोलाई नै जिताउने स्थितितिर जाने सम्भावना व्यक्त गरे।

यस्तो छ मतभारको अवस्था

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले मतदान गर्न पाउँछन्। बागमती प्रदेशसभामा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका १ सय १९ वटा पालिकाका प्रमुख र उपप्रमुख २ सय ३८ समेत गरेर ३४८ मतदाता छन्। मतभार गणना गर्दा प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत मान्निछ।

एमालेसँग प्रदेशसभाका ५७ जनाको २ हजार ७ सय ३६ र स्थानीय तहका १ सय ३३ जनाको २ हजार ३ सय ९४ मतभार रहेको छ। दुवै जोड्दा एमालेसँग कुल ५ हजार १ सय ३० मतभार छ। 

एमालेको सिंगो मत बादलको पक्षमा गएमा उनको जित सुनिश्चित छ। तर, मत विभाजन भएको खण्डमा भने बादललाई चुनाव जित्न कठिन हुने देखिन्छ। 

कांग्रेससँग प्रदेशसभातर्फ २२ जना सांसद छन्। उनीहरुको मत १ हजार ५६ हुन्छ। त्यस्तै स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरेर ६८ प्रतिनिधि छन्। उनीहरुको मत १ हजार २ सय २४ हुन्छ। दुवै गरेर कांग्रेससँग  कुल २ हजार २ सय ८० मत छ। 

माओवादी केन्द्रसँग प्रदेशसभातर्फ २३ जना सांसदको १ हजार १ सय ४ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरेर ३३ जनाको ५ सय ९४ गरी कुल १ हजार ६ सय ९८ मत छ। 

यस्तै विवेकशील साझासँग १ सय ४४, नेपाल मजदुर किसान पार्टीसँग १ सय ३२, राष्ट्रिय प्रजातन्त्र पाटीसँग १ सय ३२ र जनता समाजवादी पाटीसँग ६६ मत छ। राप्रपाले बादललाई मतदान गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित: May 18, 2021| 03:48 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।