शनिबार, वैशाख १५, २०८१

प्रदेश १ मा अक्सिजन अभाव छैन, अन्यत्र पठाउन थालियो

सबै उद्योगले दैनिक २ हजार ७०० सिलिन्डरभन्दा बढी अक्सिजन उत्पादन गर्छन्। प्रदेश १ मा अहिले दैनिक १ हजार ५०० सिलिन्डरसम्म खपत हुने गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

विराटनगर- प्रदेश १ मा कोरोना संक्रमितका लागि अक्सिजनको अभाव देखिएको छैन। अक्सिजनको अभाव नभएकाले प्रदेश १ बाट अन्य प्रदेशहरुमा अक्सिजनको पठाउन थालिएको छ।

triton college

अक्सिजनको चरम अभाव भएर कोरोना संक्रमितले ज्यान गुमाइरहेको घटना रोक्ने प्रयास स्वरुप प्रदेश १ बाट विभिन्न स्थानका अस्पतालमा अक्सिजन आपूर्तिको व्यवस्था मिलाइएको छ।

मोरङमा दुई र सुनसरीमा तीनवटा अक्सिजन उद्योग छन्। सबै उद्योगले दैनिक २ हजार ७०० सिलिन्डरभन्दा बढी अक्सिजन उत्पादन गर्छन्। प्रदेश १ मा अहिले दैनिक १ हजार ५०० सिलिन्डरसम्म खपत हुने गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए। अक्सिजनमा प्रदेश आत्मनिर्भर रहेको उनको भनाइ छ। मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथीभरा र दुर्गा उद्योगले  अक्सिजन उत्पादन गर्दै आएका छन्।  

प्रदेश १ बाट सामान्य अवस्थामा सिरहा, सप्तरी, धनुषालगायतसम्म अक्सिजन जाने गरेको थियो। अहिले कोरोनाका कारण सबैतिर हाहाकार हुँदा भैरहवा, डडेल्धुरा, काठमाडौं, मकवानपुर, दाङलगायतका स्थानमा पनि प्रदेशमा रहेका उद्योगहरुले भरथेग गनुपर्ने अवस्था आएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए। माग भएका स्थानबाट खाली सिलिन्डर ल्याइएपछि मोरङ र सुनसरीमा रहेका उद्योगले भरेर पठाउने गरेको उनले बताए।

स्थानीय प्रशासनको समन्वयमा आवश्यकता परेका स्थानमा प्राथमिकताका आधारमा अक्सिजन पठाउन थालिएको हो। एक साताको अवधिमा सुनसरीबाट २ हजारभन्दा बढी सिलिन्डर अक्सिजन बाहिर पठाइसकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए। संक्रमण तीव्र रुपमा फैलिएर अक्सिजनको माग बढ्दा स्वास्थ्य प्रणाली नै अस्तव्यस्त भएकाले आवश्यकता परेका स्थानमा पठाउन थालिएको उनको भनाइ छ। 

corrent noodles
Metro Mart

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले स्थल र हवाई मार्गबाट धमाधम अक्सिजन पठाउने काम भइरहेको बताए। नेपाली सेनाको स्काई ट्रकको प्रयोग गरेर विराटनगर विमानस्थल हुँदै हवाई मार्गबाट अक्सिजन पठाउने गरिएको छ। सेनाको जहाजबाट शनिबार मात्रै दुई पटक अक्सिजन भैरहवा लगिएको छ भने ढुवानीका अन्य साधनको प्रयोग गरेर स्थलमार्ग हुँदै ५९२ सिलिन्डर बाहिर पठाइयो। एसपी खड्काले आवश्यकता खड्किएका बेला अक्सिजनमा प्रदेश १ ले ठूलो योगदान गरिरहेको बताए। 

अक्सिजन उत्पादनका लागि अहिले सिलिन्डरसँगै कच्चा पदार्थको अभाव हुने अवस्था रहेको सुनसरीको दुहवीस्थित विनायक अक्सिजन इण्डष्ट्रिजका सञ्चालक पवनकुमार सारडाले बताए। 

माग चौतर्फी रुपमा बढेका बेला सिलिन्डरको अभाव खड्किएको उनको भनाइ छ। मोरङमा कोरोना संक्रमितको उपचार हुने बूढीगंगा गाउँपालिकाको विराट शिक्षण अस्पताल, विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पताल छन्। प्रत्येकमा दैनिक खपत हुने ३०० भन्दा बढी सिलिन्डर अक्सिजन उद्योगबाटै आपूर्ति हुने गरेको छ।

प्रकाशित: May 16, 2021| 12:42 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।