शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स पठाउन सकिने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स पठाउन सकिने

 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– सेल्फ बैंकिङ’को अवधारणा अनुरुप एन आईसी एशिया बैंकले आफ्ना ग्राहकको लागि एनआईसी एशिया मोबाइल बैंकमार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ।

triton college

यो सेवा अन्तर्गत अब ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एिशिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन्।

ग्राहकहरूले आफ्नो मोबाइल प्रयोग गरी बैंकको ‘एनआईसी एशिया मोबैंक’ भित्र रहेको ‘सेन्ड रेमिट’ आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन्।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १० हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ।

प्रकाशित: May 16, 2021| 07:17 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्