आइतबार, साउन १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • माफी माग्दै कर्णाली प्रदेश अस्पतालले भन्यो- उपचार गर्छौं

माफी माग्दै कर्णाली प्रदेश अस्पतालले भन्यो- उपचार गर्छौं

कर्णाली प्रदेश अस्पताल सुर्खेत थप कोरोना संक्रमितको उपचार गर्न सहमत भएको छ।
 |  शनिबार, जेठ १, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

vianetvianet

सुर्खेत- कर्णाली प्रदेश अस्पताल सुर्खेत थप कोरोना संक्रमितको उपचार गर्न सहमत भएको छ। शुक्रबार अक्सिजन अभाव देखाउँदै थप भर्ना नलिने बताएको अस्पतालले २४ घण्टा नवित्दै संक्रमितको उपचार गर्न सहमत भएको हो।

कोरोना संकट व्यवस्थापन समितिको बैठकले सामान्य संक्रमितलाई स्थानीय तहमै उपचार गर्ने र जटिल प्रकृतिका संक्रमितलाई मात्रै अस्पतालमा रेफर गर्ने सहमतिपछि अस्पताल थप संक्रमितलाई भर्ना लिन सहमत भएको हो।

‘स्थानीय स्वास्थ्य संस्थाहरुबाट सम्भव हुनेसम्मको उपचार त्यहीँबाट गर्नुहुन र त्यहाँ सम्भवन नहुने अवस्थामा मात्र यस अस्पतालमा रेफर गरी पठाउनु हुन सबैमा अनुरोध गर्दछु’ अस्पताल निर्देशक डाक्टर डम्बर खड्कालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अस्पतालबाट सेवा प्रवाह गर्दागर्दै कसैलाई मर्का पर्न गएको अवस्थामा अस्पताल प्रशासन क्षमायाचना गर्न चाहन्छ।’ 

शुक्रबार साँझ अस्पतालले थप संक्रमितको उपचार नगर्ने सूचना जारी गरेपछि सर्वसाधारणले अस्पताल प्रशासन र सरकारप्रति आक्रोश पोखेका थिए। अस्पतालले भने नेपालगञ्जबाट अक्सिजन आपूर्ति बन्द भएको भन्दै थप संक्रमितलाई भर्ना लिन नसक्ने जनाएको थियो।

तर अस्पताललाई कम्पनीहरुले कर्णालीमा अक्सिजन आपूर्ति नरोकेको जनाएका छन्। ‘बिहीबार ५० वटा र शुक्रबार ६० वटा सिलिण्डर पठाएका थियौँ’ एचओ अक्सिजन इण्डष्ट्रिज प्रालि नेपालगञ्जका सञ्चालक रामु खड्काले भने, ‘हामीले अवरोध गरेका छैनौँ, पालो आउन समय लागेको मात्र हो।’

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले पनि अक्सिजन आपूर्ति नरोकेको बताए। ‘संकटमा मागअनुसार नपाउनु फरक कुरा हो तर आपूर्ति नै रोक्का भएको छैन’ गेलाले भने, ‘समन्वय नै नगरेर हामीलाई दोष मात्रै दिइएको हो।’ बरु अक्सिजनको सहज आपूर्तिका लागि सुर्खेतले समन्वय नगरेको उनको भनाइ छ।

No description available.

प्रकाशित: May 15, 2021| 11:56 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।