बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अक्सिजन आपूर्तिको सहज व्यवस्थापन गर्न रुपन्देही  कांग्रेसको माग

अक्सिजन आपूर्तिको सहज व्यवस्थापन गर्न रुपन्देही  कांग्रेसको माग

 नेपाली कांग्रेस रुपन्देहीले तत्काल अक्सिजनको सहज आपूर्ति व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

बुटवल -  नेपाली कांग्रेस रुपन्देहीले तत्काल अक्सिजनको सहज आपूर्ति व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।

triton college

अक्सिजन  अभावमा अस्पताल पुगेका कोभिड १९ संक्रमित बिरामीले मृत्युवरण गर्नु परिरहेको भन्दै कांग्रेस रुपन्देहीले तत्काल अक्सिजनको भरपर्दो व्यवस्थापन गर्न माग गरेको हो।

नेपाली कांग्रस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बुधबार विज्ञप्ती जारी गर्दै अक्सिजन सहज व्यवस्थापन गर्न माग गरेका हुन्। अस्पताल भर्ना भएका बिरामीलाई डिस्चार्ज गर्ने काम भएकाले तत्काल प्रभावकारी कदम चाल्न कांग्रेसले सरकारको ध्यानार्कषण गराएको छ।

भैरहवाको भीम अस्पताल, बुटवलको कोभिड अस्पतालसहित अन्य निजी अस्पतालमा समेत अक्सिजन सकिएर बिरामीको मृत्यु भएको, भैरहवा मेडिकल कलेजले अक्सिजनकै अभावमा बिरामी भर्ना लिन छोडेको र भर्ना भएका बिरामीलाई समेत डिस्चार्ज गरिदिँदा स्थिती भयावह बन्दै गएको कांग्रेसको गुनासो छ। यसतर्फ तत्काल राज्यका निकायको ध्यान पुग्नुपर्ने उसको माग छ।

प्रकाशित: May 13, 2021| 00:45 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।