शनिबार, वैशाख १५, २०८१

सबैभन्दा धेरै संक्रमित ३० देखि ३९ वर्षका 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका छन्।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका छन्।

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जनामा कोरोना संक्रमण भएको छ। 

तीमध्ये ३० देखि ३९ वर्ष उमेर समूहका २ हजार २०६ जना छन्। यस्तै २० देखि २९ वर्षसम्मका १ हजार ९९२ जना संक्रमित भएका छन्।

९ वर्षसम्मका बालबालिका २३२ जना छन्। १० देखि १९ वर्षसम्मका ५५६ जना र ४० देखि ४९ वर्ष उमेर समूहका १ हजार ७३२ जना संक्रमित थपिएका छन्। 

मन्त्रालयका अनुसार ४० देखि ५९ उमेर समूहमा एक हजार ३१६ जना, ६० देखि ६९ उमेर समूहमा ७१३ जना, ७० देखि ७९ वर्ष उमेरका ३१० जना संक्रमित थपिएका छन्। 

corrent noodles
Metro Mart

यस्तै ८० देखि ८९ वर्ष उमेर समूहमा १२३ जना र ९० देखि १०० वर्ष उमेर समूहका २० जनामा संक्रमण भएको छ। ३ जनाको भने उमेर खुलेको छैन।

प्रकाशित: May 12, 2021| 12:11 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।