बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अक्सिजन आपूर्ति सहज बनाउन र स्रोतसाधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सर्वोच्च अदालतको आदेश

अक्सिजन आपूर्ति सहज बनाउन र स्रोतसाधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सर्वोच्च अदालतको आदेश

कोरोना भाइरस संक्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन आपूर्ति सहज बनाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– कोरोना भाइरस संक्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन आपूर्ति सहज बनाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। 

triton college

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन अन्तरिम आदेश जारी गरेको हो। 

अधिवक्ता शैलेन्द्र प्रसाद अम्वेडकर समेतको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आवश्यक औषधी र अक्सिजनको आपूर्ति, अत्यावश्यक जनशक्ति आपूर्तिलगायतको व्यवस्था गर्न भनेको हो। 

‘संक्रमित व्यक्तिहरूको दिनदिनै बढ्दै गइरहेको संख्यालाई दृष्टिगत गरी उपचारबाट कसैले पनि विमुख हुन नपरोस् भन्नाको लागि थप साधनयुक्त अस्पतालहरू संचालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्ने समेतका समस्याहरूको समयमै आवश्यक सम्वोधन हुनुपर्ने अवस्था देखिएकोले आवश्यक पर्ने औषधी र अक्सिजनको आपूर्ति सहज बनाउनु। थप साधनयुक्त अस्पतालहरू संचालनमा ल्याउनु, अस्पतालहरूमा विरामीहरूको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नु र नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने यी उल्लेखित कुराहरूको व्यवस्थापनको लागि आवश्यकता अनुसार सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व समेत हुनेगरी एउटा कार्य समितिसमेत निर्माण गरी उल्लेखित समस्याको समाधान प्रभावकारी ढंगले गर्नु, गराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।

प्रकाशित: May 11, 2021| 10:06 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।